हिउँद ओरालो लाग्दैछ, उत्तरायणमा चलिरहेका सूर्य नारायणको प्रताप बढ्दो छ । माघ मासको शुक्ल पक्षको नवमी तिथिलाई द्रोण नवमीका रूपमा जानिन्छ , यस वर्षको द्रोण नवमीको सबैलाई हार्दिक शुभकामना ।
शालिनदिवाट बज्रयोगिनी सम्मको हरेक वर्ष हुने माधव नारायण पर्व अन्त्रगतको धार्मिक यात्रामा द्रोण नवमीको विशेष भूमिका रहन्छ । आजका दिन तस्मै अर्थात् खिर खाने चलन रहन्छ ।
कौरव र पाण्डवहरू दुबैका गुरु द्रोणको नाममा यस नवमीको नामकरण गरिएको छ । गुरु बृहस्पतिका पूर्नजन्म मानिने द्रोण युद्धकला र हतियारका अनन्य जानकारी भएका थिए । महाभारतमा विशेष भूमिका रहेको द्रोणको नाममा राखिएको यस नवमीमा सबैको भलो होस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: