विश्व स्वतन्त्रता दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व स्वतन्त्रता दिवस




विश्व स्वतन्त्रता दिवस विशेष अडियो सामग्री

प्रत्येक वर्ष ९ नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गरिन्छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००१ मा ९ नोभेम्बरलाई विश्व स्वतन्त्रता दिवस मनाउने घोषणा गरेका थिए । त्यहीअनुरुप उनले त्यसपछिका वर्षमा, त्यसपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले पनि यसलाई आधिकारिकता दिए ।

जर्मनीको बर्लिनमा रहेको पूर्वी र पश्चिमी बर्लिनलाई विभाजन गर्ने पर्खाल ढलाइएको र मध्य तथा पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा ९ नोभेम्बरलाई बुसले विश्व स्वतन्त्रता दिवस मनाउने घोषणा गरे । उनले नै आफ्नो कार्यकालभर यसलाई निरन्तरता पनि दिए ।

उनले विश्व स्वतन्त्रता दिवस मनाउने घोषणा गरेको वर्षमा नै अमेरिकामा डेमोक्रेटिक तथा रिपब्लिकन दुवै पार्टीका युवाहरुलाई विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन निर्देशन दिइएको थियो । यही निर्देशनअनुसार प्रत्येक वर्ष त्यहाँ युवा विद्यार्थीहरु तथा युवाहरुले विभिन्न कार्यक्रम गरेर विश्व स्वतन्त्रता दिवस मनाइरहेका छन् ।

आजकै दिन अमेरिकामा पूर्वराष्ट्रपति रोनल्ड रेगनबारे पनि चर्चा हुने गर्छ । उनको नीति तथा रणनीति, अमेरिकी कार्यशैलीका कारण विश्वमा शीत युद्ध अन्त्य भएको मानिन्छ ।

अमेरिकाले २ दशकदेखि ९ नोभेम्बरलाई विश्व स्वतन्त्रता दिवस मनाउँदै आएको भए पनि युरोपेली देशहरु आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाउन चाहँदैनन् । उनीहरु उदासिन रहे पनि यसलाई विस्तारै अमेरिकाले विश्वभर विश्व स्वतन्त्रता दिवसका रुपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । शीत युद्धकालदेखि नै संसारमा पुँजीवाद, कम्युनिजम र समाजवादलाई आधार बनाएका देशहरुबीच वैचारिक, कार्यगत तथा प्रणालीगत विवाद रहँदै आएको छ । त्यसैले पनि यो दिनलाई विश्वका सबै देशले विश्व स्वतन्त्रता दिवसका रुपमा नमनाएका हुन् ।

जे होस्, आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाएर अमेरिकाले पनि विश्वभर स्वतन्त्रताको अभ्यास र प्रत्याभूतिलाई घनिभूत बनाउन खोजेको देखिन्छ ।

हाम्रो विचारधारा जे भए पनि, चाहे कम्युनिस्ट विचारधारा होस् या पुँजीवादी वा समाजवादी नै किन नहोस्, हामीले स्वतन्त्रताको प्रत्याभूति अनि स्वतन्त्र रुपमा जीवन यापन गर्न पाउनु पर्छ । यसको महत्त्व हाम्रो जीवनमा निकै छ ।

नेपालमा पनि राजनीतिक कालखण्डका विभिन्न वर्षहरुमा नेपाली नागरिकका लागि स्वतन्त्रताको प्रत्याभूति दिलाउन नयाँ आयाम थपिँदै आएका छन् । २००७ साल, २०४६ साल, २०६३ सालले आम नेपाली नागरिकका लागि स्वतन्त्रताको परिभाषा थप फराकिलो बनाउँदै लगेको छ । हामीले अझ स्वतन्त्र र सहज जीवनशैलीलाई अंगिकार गर्न अझ स्वतन्त्रताको परिभाषामा आवश्यक परिमार्जनहरुबारे छलफल गर्नु पर्ने पनि हुनसक्छ ।

स्वतन्त्रताको सबैलाई शुभकामना ।

सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.