Hamro Patro Guru Govind Singh | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

श्री गुरु गोविन्द सिंह जयन्ती





सिखहरूको दसौं गुरु गुरु गोबिन्द सिंहूको आज ५ जनवरीको दिन जन्म जयन्ति हो। सन् १६६६ मा वहाँको जन्म भारतको पटनामा भएको हो ।

जब जब होत अरिस्ट अपारा।
 तब तब देह धरत अवतारा।


अर्थात जब जब असमानता बढेर जान्छ तब तब धर्तिमा भगवानको अवतारको पर्दापण हुन्छ । यस्तै भगवानको अवतारका रुपमा गुरु गोविन्द सिंहलाई लिइन्छ ।

एक महान योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौं गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोबिन्द सिंह निक्कै शान्त व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो अहित सोच्ने दुश्मनहरुसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो ।मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छू भन्ने मान्यता राख्नुहुने गुरु गोविन्द सिंहलाई आज सैयौं वर्ष पछि पनि विश्वले अनुकरण गरेको पाइन्छ । एउटा सामाजिक योद्धाका रुपमा व्यक्तिविशेष भन्दा पनि अन्याय र असमानताका विरुद्ध समाजलाई लड्न प्रोत्साहन गर्ने गुरु गोविन्द सिंहलाई सन् २०२२ मा पनि उतिकै माया र सम्मान गरिन्छ र सदैव भइरहेनेछ ।

त्यसपछि, गुरु गोबिन्द सिंहको नेतृत्वले सिख समुदायको इतिहासमा धेरै नया परिवर्तन ल्यायो। सन् १६९९ मा उहालेखाल्साूको निर्माण गर्नुभयो। " खाल्सा "सिख धर्मावलम्बीका अनुयायीहरुको सामूहिक रुप हो। गुरु गोबिन्द आफ्नो भक्तहरुलाई दिने उदाहरणको लागि नि निक्कै चर्चित हुनुहुन्थ्यो। त्यसबाहेक गुरु गोबिन्द एक साहसी योद्धा हुनुको साथै एक उत्कृष्ट कवि पनि हुनुहुन्थ्यो। गुरु गोबिंद सिंहले गुरुको पदलाई समाप्त गर्न ‘गुरु ग्रंथ साहिब’लाई सिखहरूको गुरु बनाउनुभयो र व्यक्तिहरु गुरु हुने प्रचलनको अन्त्य गर्नुभयो। यस हिसाबले पनि उहा सिखहरुको अन्तिम गुरु हुनुहुन्थ्यो।

गुरु गोबिन्दलाई उनको बाल्यकालमा गोबिन्द राय भनिन्थ्यो। उनका पिता गुरु तेघबहादुर नवौं सिख गुरु हुनुहुन्थ्यो। गुरु गोबिन्दको जन्म हुदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो। गोबिन्द सिंहको बाल्यकालको ४ बर्ष पटनामा बितेको थियो। पटनामा उहा त्यसबेला बस्ने घरलाई अहिले तखत श्री पटना साहिबू नामको गुरुद्वारा स्थापना गरिएको छ। ४ बर्ष पटनामा बिताएपछि उहा आफ्नो परिवार सँग पन्जाब आउनु भएको हो। त्यसको दुइ बर्ष पछि फेरी गुरु गोबिन्द सिंह आफ्नो बुवा आमासंग हिमालयको शिवालिक पहाडमा बसाइ सर्नुभयो र त्यहाँ बाट उनको प्रारम्भिक शिक्षा सुरु भयो।

गोबिन्द सिंह र उनका पिताको पहलमा उहाहरु बस्नुभएको ठाउँ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुदैगयो। त्यहाँका मानिसहरुमा समानताको लहर फैलाउन गोबिन्द सिंहका पिता निरन्तर लागिरहे। तर, केहि कश्मिरी पण्डितहरुले गोबिन्दका पिता तेघबहादुरलाई जबर्जस्ति धर्म परिवर्तन गरेर मुसलमान बन्न दवाव दिएपछि तेघबहादुरले इस्लाम स्वीकारेनन् र त्यसै कारण दिल्लीको चांदनी चौकमा उनको पिता गुरु तेघ बहादुरको शिर काटी हत्या गरियो। यहि निर्मम घटनापछि गुरु गोबिन्द सिंह सिखहरुको नयाँ गुरुको रुपमा स्थापित भएका हुन्। यसरी गुरुका रुपमा स्थापित हुँदा वहाँ केवल ९ वर्षको हुनुहुन्थ्यो ।

आज उहाको जन्म जयन्तिको अवसरमा सिख धर्मावलम्बीहरुले मात्र नभई सबैले एकपटक उहाको सम्झना गरौं।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.