नेपाल ज्योतिष परिषद् स्थापना दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

नेपाल ज्योतिष परिषद् स्थापना दिवस




नेपाल ज्योतिष परिषद् स्थापना दिवस विशेष अडियो सामग्री

पुस फासफुस भनेर पौष महिनालाई छोटो दिन अनि पारिलो घामको अचेटमा राखिएको भएतापनि यस महिनामा धेरै महत्वपूर्ण दिन अनि एतिहासिक संझना रहेका छन् । यिनै संझना अनि दिनबिशेषमा हरेक बर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषध स्थापना दिवसका रुपमा मनाउने चलन छ । हुन त ज्योतिषशास्त्रलाई खगोलशास्त्र संग जोडेर आकाशीय पिण्डहरुको अध्ययनका रुपमा मात्र लिने गरिएको भए पनि ज्योतिषशास्त्रलाई आकाश र जमिन दुबैको मानविय अवस्थितीसंगको सापेक्षीक अध्ययनका रुपमा लिइन्छ ।

बास्तवमा ग्रहरुको चालको सापेक्षीक असर मान्छेको जन्मको समय र ठाँउका आधारमा हुने अध्यन नै ज्योतिषशास्त्र हो तर बृहत रुपमा ज्योतिषशास्त्र यतिमै मात्र सिमीत कहाँ हुन्थ्यो र ? पश्चिमाहरुले ज्येतिषशास्त्रलाई मेटाफिजीकल भनेर अभौतिक बिषयको बिज्ञानका रुपमा व्याख्या गरिएको पनि पाइन्छ तथापि पूर्वीय दर्शनमा भने कसमस अर्थात ब्रहमाण्डको नै अध्ययन अनि ग्रह, नक्षत्र र तिनका प्रभावको अध्ययन गर्ने बिशालकाय भौतिक बिषयबस्तु बिज्ञान मानिन्छ । बिज्ञानको प्रारम्भिक स्वरुप नै ज्योतिषशास्त्रलाई लिइन्छ र आज यस शास्त्रको महिमा अनि महत्व बिश्वभरिनै गुञ्जायमान छ ।

ज्योतिषशास्त्रको नेपालीजनमा धेरै नै प्रभाव र भूमिका छ । नेपाली समाज र शैलीका हरेक क्रियाकलाप, शुभकार्य अनि कदमहरु साईत, शुभदिन र ज्यातिषशास्त्रका टिप्पणीहरुमा आधारित हुन्छन् । ज्योतिषविज्ञानप्रतिको नेपालीजनको यस विश्वासलाई थप बल दिँदै नेपालीजनको सर्वाधिक माया पाएको मोबाइल एप्लीकेशन हाम्रो पात्रोले हाम्रो ज्योतिष सुविधा पनि लिएर आएको छ । आफूलाई चित्त परेको ज्योतिषसंग भिडियोकल मार्फत साक्षातकार गर्दै आफ्ना कर्म, फल, शुभ, अशुभ लगायत समस्त जीवनका पाटाहरु बुझ्न सकिनेछ । प्रविधीले प्राचिनतम शास्त्र अनि विज्ञानलाई थप बिकास गर्दै यहाँहरु समक्ष पस्कनु हाम्रो ध्येय हो र सदा गरिहनेछौं ।

हातमा केही थान पुस्तक अनि चन्दनको भार निधारमा हुँदैमा कोही ज्योतिष हुँदैन, चोक चौराहमा मन बहलाउन अनि गफ दिन मात्रै बसेका भविष्यद्रस्टाका स्वघोषीत मनुवाहरु सबै ज्योतिष कहाँ हुन्छन् र ? ज्योतिष बिधा जान्नका लागि त्याग तपस्या अनि बलिदान चाहिन्छ । नेपालभरि बिभिन्न बिधापीठ अनि बिधाआश्रममा शदियौं देखि यस बिधा अध्ययन अध्यापन गराइन्छ ।

जसले जे भनेपनि ज्योतिषशास्त्र मानवले आफूलाई हेर्ने एउटा महत्पवूर्ण घडी अनि दर्पण हो । तर ज्योतिषशास्त्रले जे भनेपनि कर्म नभइकन कोही पनि अघि बढेको इतिहास कहाँ छ र ?

कर्म लाई नै हरेक धर्म, पुस्तक, लेखक अनि दर्शनले केन्द्र मानेको छ । कर्म गर्न पछि नहटौं अनि गीताले भनें झै फलको आश नगरौं । आइस्टाइनले पनि त भनेका छन् कि इनर्जी नेभर डाइस भनेर त्यसै अनुरुप संसारका हरेक उर्जाहरु कहिले खेर जाँदैनन् । अघि बढ्ने उर्जा सबैलाई प्राप्त होस् अनि आफ्नो अनुरुपका कर्मक्षेत्र अनि व्यबहार पक्षहरु हामी सबैले पत्ता लगाउन सकौं ।
“ज्योतिषलाई सम्मान, आदर र मर्यादाले हेर्ने वातावरण सिर्जना हुनका लागि नेपाली ज्योतिषहरुबीच एकताको खाँचो छ । आजको दिवसमा यस कुराको आत्मसाथ सबैले गर्न सकौं ।

जुनै राशि या नक्षत्र या पलामा तपाईको जन्म भएको होस्? जूनै जात, धर्म या लिगं तपाईको छ ? तपाई केवल एकमात्र तपाई हो समग्र ब्रह्माण्डमा केवल एक अनि बिशेष ।
आजको दिन शुभ रहोस्

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.