पशुपतिनाथको छाया दर्शन | अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

पशुपतिनाथको छाया दर्शन | अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस




पशुपतिनाथको छाया दर्शन विशेष अडियो सामग्री

हिउँद अब क्रमशः ओरालो लाग्दै छ, सूर्य नारायणको दिशा उत्तरायण तर्फ लागेपछि दिनहरू लामा र न्याना हुन थालेका छन् । उत्तरायणको सुरुवात सँगै पशुपतिनाथ मन्दिर मा एउटा विशेष अवसरको आयोजन हुन्छ, , पशुपतिनाथको छायाको दर्शन गर्ने ।

हरेक वर्ष माघ शुक्ल चतुर्दशी का दिन विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छाया दर्शन गराउने चलन छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा र स्थानीय नेवा समुदायका भक्तजनहरूले पशुपतिनाथको शिव लिङ्गलाई आजका दिन पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन रहेको छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिबिम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाउने गरिन्छ।

सनातन सभ्यताको केन्द्रबिन्दु अनि इतिहास भन्दा पनि पुरानो विश्वभरिका हिन्दुहरूको आराध्य देव पशुपतिनाथ क्षेत्र देव पतन, जय बागेश्वरी, गौरी घाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिगंलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । पवित्र बाग्मती नदिको प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब ४९२ साना ठुला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गे धारा, देवालय, मठ लगायत करिब १ हजार शिव लिङ्ग रहेको पाइन्छ ।

यस दिन पशुपतिमा विशेष रहन्छ, आराध्य देवको प्रतिमाको छाया हेर्न भक्तजनहरूको विशेष घुँईचो रहन्छ । यसरी छाया हेर्ने समय भनें दिउँसो देखि साँझको आरती नहुन्ज्यालसम्म हेर्न पाइने प्रबन्ध मिलाइएको हुन्छ । मौका मिलेसम्म यस पवित्र अवसरमा दर्शन गर्न जान नभुल्नुहोला ।

अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस



“समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशत भन्दा बढी निको हुन्छ”- कान्ति बाल अस्पताल

हरेक वर्ष फेब्रुअरी १५ तारिख का दिन अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यस दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार गरिएको छ ।

वर्ष २०२२ को अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस को नारा चाहिँ ‘Better Survival’ is achievable #throughyourhands रहेको छ ।

हरेक वर्ष विश्वभर करिब २८०,००० जना १९ वर्ष मुनीका जनसख्याँमा क्यान्सर भएको पाइन्छ । अलिक उच्च आय भएका देशमा ८० प्रतिशत क्यान्सर भएका बालबालिकाहरूको उपचार सम्भव भएको तथ्य छ तर निम्न आय भएका देशहरूमा भनेँ केवल २० प्रतिशत हरू मात्र उपचार भएर निको हुने तथ्य छ ।

वर्ष २०२२ को अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस को अर्थपूर्ण शुभकामना छ ।
-----
सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.