Hamro Patro Sanketik Bhasa Diwas | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस | तृतीया श्राद्ध




अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विशेष अडियो सामग्री

समाचारको छेउमा, स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरूमा छेउमा बसेर हातको इशाराले सम्झाइरहेका सांकेतिक भाषा दोभाषेहरूलाई सम्झना गरौँ । याद आयो नि ? यिनै सांकेतिक भाषा दोभाषेहरूले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरू समावेशी हुन्छन् । हामी लगायत सुस्तश्रवणहरूले पनि यी कुराहरू सहजै बुझ्न सक्नुहुन्छ । हरेक औपचारिक र अनौपचारिक भिडियो सामाग्रीहरू अनि सार्वजनिक भेला र अपडेट अनि सम्वोधनहरूलाई यसरी सांकेतिक भाषाका दोभाषेहरूको प्रयोग र विज्ञताले सबैका लागि सहज र समावेशी बनाउँछ ।
विश्वभरि ७२ मिलियन अर्थात् ७ करोड २ लाख भन्दा बढी मानिस सुस्त श्रवणशक्ति भएका छन् । यिनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी मानिसहरू विकासोन्मुख देशहरूमा बस्छन् । समग्रमा भन्दा यी मानिसहरूले ३०० भन्दा बढी प्रकारका सांकेतिक भाषाहरू प्रयोग गर्छन ।

तिनै दोभाषेहरूको संकेतले समाचार बुझ्न धेरैलाई सहयोग गर्छ । आवाज नसुन्नेहरूका लागि आवाजको काम गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिखका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ । सन् २०२१ को सांकेतिक भाषा दिवसको नारा छ, ुध्भ क्ष्नल ँयच ज्गmबल च्ष्नजतकु । जसको अर्थ हुन्छ, हामी मानव अधिकारका लागि सांकेतिक भाषामा कुरा गर्छौै । यस वर्षको सांकेतिक भाषा दिवसको परिवेश अलिक फरक छ । कोरोना र संक्रमण जोखिममा सारा विश्व आफूले पाउने जानकारीमा निर्भर छ । अनि जानकारीका स्रोतहरू सबैका लागि मैत्रीपूर्ण नहुन सक्छन् । कोरोनापछिको विश्वमा यस दिवसले सांकेतिक मात्र नभई अन्य शारीरिक दुर्वलतालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधि अनि माध्यमहरूमार्फत्को सेवा, सुविधा र समाचारहरूको पैरवी गर्छ ।

संयुक्त राष्ट्र संघको दीर्घकालीन लक्ष्यका सूचिमा सांकेतिक भाषाको प्रवद्र्धन र प्रयोगलाई पनि निकै महत्वका साथ राखिएको छ । सन् २०१८ मा प्रथम पटक यो दिन मनाइएको हो । कसैलाई पनि पछाडि नछाड्ने उद्देश्यले सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यस दिनको निकै ठूलो पैरवी हुने गर्छ । विश्वका हरेक कुना कन्दराका नेतृत्वले स्थानीय, राष्ट्रिय अनि क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकून् भन्ने संकल्पका साथ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको परिकल्पना गरिएको हो । सन् २०२१ को अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रभाव चौतर्फी रहोस् । यस दिवसको सबैलाई अर्थपूर्ण शुभकामना ।

तृतीया श्राद्ध


आज तृतीया श्राद्ध, यस तिथिमा गोलोकधाम हुनुभएका पितृहरूको सम्झनास्वरूप आज श्राद्ध गरिनेछ । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्

तृतीया श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.