सफला एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

सफला एकादशी




सफला एकादशी विशेष अडियो सामग्री

हिँउदका एकादशीहरुको श्रृखला चलिनैरहेको छ । जाडो बढ्दो छ, नेपालमा । सखारै बिहान बलेसीबाट झरेका शीतका थोपाहरु बग्रेल्ति देखिन्छन्, बारीमा आलुका बिरुवाहरु झप्सीले बिगार्ला भन्ने चटारो पनि एकातिर छ ।

धान्ने पूर्णे पछिको एकादशी, अर्थात धान भित्राएर अन्न पूजा गरिसकेपछिको पहिलो एकादशीमा स्वागत छ । यस एकादशी हो, सफला एकादशी । नयाँ अन्नहरुलाई बिधिवत भित्राएपछि आज चाँही अन्न नखाएर, चोखोनितो गरेर एकादशी व्रत बसिने चलन छ ।

एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधीपूर्वक पूजा गरिन्छ । पूण्य मन्त्रहरुद्वारा देवदेवेश्वरहरि बिष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको ब्रतपछि गूरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ । अरु एकादशीमा झै सफला एकादशीमा पनि सात्विक आहार व्यवहार गरी ब्रत बस्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ । भोलीपल्ट द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यसप्रकार सफला एकादशी ब्रत विधी पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला अर्थात सफल हुने, समृद्धि पाइने र कर्मको यथोचित फल पाइने । तसर्थ सफलता र खुशी चाहने जोकोहीले पनि यस एकादशीको व्रत लिन जरुरी रहने कुरा धर्मशास्त्रमा उल्लेख छ । यस एकादशीको ब्रत बस्ने सवैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।

सफला एकादशीको ब्रतको फल ठुलाठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी ब्रतको अनुकम्पा सयौं महायज्ञहरुभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरुबाट मुक्ति र कल्याणको एकादशीको रुपमा पनि लिइन्छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पार्नुभएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.