Hamro Sunya Vedbhaw Diwas | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

शून्य भेदभाव दिवस




शून्य भेदभाव दिवस विशेष अडियो सामग्री

कानुन र त्यसको पालना भन्दा अगावै भेदभावरहित वातावरणको पैरवीका लागि शून्य भेदभाव दिवसको खाका तयार गरिएको हो । सन् २०१४ मा UNAIDS का तत्कालिन कार्यकारी अधिकृत मिकेल सिदिवेले बेइजिगंको एउटा कार्यक्रममा यस दिवसको शुरुवातको घोषणा गर्नुभएको हो । Make some noise against discrimination भन्ने प्रचलित शव्दावली आजसम्म पनि यस दिवसमा सुनिन्छ ।

कहिले एचआईभी पिडित त कहिले लैगिंक अल्पसँख्यकका लागि यस दिवसले समानताको पैरवी गर्दै आएको छ । समाजका बिभिन्न तह र तप्कामा भेदभाव बिधमान छ अनि एउटा समावेशी समाजका लागि भेदभावको शून्य संभावना जरुरी छ ।

यस वर्षको मार्च १ को शून्य भेदभाव दिवसको नारा भनें “Zero Discrimination against Women and Girls.” अर्थात महिला र बालिकाहरुका लागि शून्य भेदभाव भन्ने रहेको छ । निर्मला, भागिरथी लगायत अन्य थुप्रै गुमनाम नेपाली चेलीहरु आज पनि न्यायको आशामा जीवनको अर्को पाटोमा पर्खिबसेका छन् । नेपालमा पछिल्ला वर्षहरुमा लैगिंक समानताका धेरै कसरतहरु भएका छन् । बग्रेल्ती मुद्धाहरु अझैपनि न्याय मागेर बसेका छन् । लैगिंक भेदभाव विरुद्ध यथेष्ट काम अझै गर्न जरुरी छ ।

आजका दिनमा समाज अनि सदनमा यि कुराहरु पुगोस् । मुद्धाहरुको सुनुवाई होस्, दलिनमा न्याय पुगोस् । महिला समानताका हकमा भनें नेपाली कानुनले कागजमा लेखेका कुराहरु पालनाका लागि उति प्रभावकारिता भएको पाइन्न । भेदभाव शून्य बनाउनका लागि कानुन अनि समाजका आधारशीलाहरु बलियो हुन जरुरी छ ।

नेपाली समाजमा व्याप्त धर्म, जात, वर्ण, भाषा र संस्कारमा आधारित सबै भेदभावहरु उन्मुलन गरिन अझै जरुरी छ । यसका अलावा एचआईभी संक्रमीत माथिको भेदभाव, लैगिंक अल्पसख्यंकमाथिको भेदभाव अनि अन्य थुप्रै प्रकारका भेदभावहरु नेपाली समाजवाट हटिन जरुरी छ । कुनै पनि प्रकारका भेदभावहरु सहन नपरोस् र हामी कसैले पनि कुनै पनि प्रकारका भेदभाव नगरौं । आजका लागि यति अठोट सहित यस सामाग्रीवाट बिदा मागेँ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.