आज सकिमिला पुन्हि अर्थात सकि पिंडालु खाने पूर्णचन्द्रपूर्णिमा हो । 'सकि' भनेको पिंडालु हो । आजको दिन पिंडालु र सखरखण्ड खाने तथा देवदेवीहरूलाई पनि चढाउने गरिन्छ ।
यस समयमा कन्दमुल खाने पर्व मनाइन्छ । आजकै दिन स्थानीय देवदेवीहरूको मन्दिर परिसर, बहाःबही र चोकमा गेडागुडीले देवदेवी र चैत्यको आकृति बनाइ सजाउने गरिन्छ र यहि सजाएको गेडागुडी प्रसादका रूपमा ग्रहण पनि गर्ने गरिन्छ ।
स्मरण रहोस्, आजको १४ दिन पछाडी बालाचतुर्दशी (बालाचःह्रे)का दिन सत्विज छर्दा पनि पिडालु, सखरखण्ड सहित अन्य अन्न शिवालय वा देवालय परिसरमा छर्ने गरिन्छ ।
लेखक अनिल स्थापित
Liked by: