New Hamro Patro Bouddhik Sampatti Diwas | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व बौद्धिक सम्पत्ति दिवस




विश्व बौद्धिक सम्पत्ति दिवस विशेष अडियो सामग्री

बौद्धिक सम्पत्ति भनेको के हो ?
बौद्धिक सम्पत्ति (IP) ले आविष्कारहरू, साहित्यिक र कलात्मक कार्यहरू, डिजाइनहरू र वाणिज्यमा प्रयोग गरिएका प्रतीकहरू, नामहरू र छविहरू जस्ता दिमागको सिर्जनालाई बुझाउँछ। IP लाई कानुनमा सुरक्षित गरिएको छ, उदाहरणका लागि, पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरू, जसले मानिसहरूलाई उनीहरूले आविष्कार वा सिर्जना गरेको कुराबाट मान्यता वा आर्थिक लाभ कमाउन सक्षम बनाउँछन्।

के हो बौद्धिक सम्पत्ति अधिकारको पृष्ठभूमि ?
१९औँ शताब्दीको अन्तसम्म विश्वमा बौद्धिक सम्पत्तिको अधिकारका कुराहरू नभएपनि २०औ शताब्दी बौद्धिक सम्पत्ति अधिकारको शताब्दी भएको छ । बौद्धिक बिचार लगायतका अन्य कुराहरूको उत्पादकत्वमा उत्प्रेरणा गर्न यस अवधारणा ल्याएको बताइन्छ । सामान्यरुपमा भन्दा अब सम्पत्ति कमाउन पसिना अनि दिमाग दुवैको उत्तिकै प्रयोग भनेर बुझ्न सकिन्छ ।

नेपालमा बौद्धिक सम्पत्ति अधिकार प्रचलनमा ल्याउने निकायहरु कुन कुन हुन् ?

नेपालमा विभिन्न कार्यविधि अपनाएर बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गरिन्छ । प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष भुमिकामा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने गरिन्छ ।

यस वर्षको विश्व बौद्धिक सम्पत्ति दिवसको मूल नारा के हो ?
विश्वभरि, युवाहरूले आफ्नो ऊर्जा र चतुरता, आफ्नो जिज्ञासा र सृजनशीलताको प्रयोग गरेर राम्रो भविष्यतर्फको बाटोमा अघि बढिरहेका छन्। यस वर्ष, विश्व बौद्धिक सम्पत्ति दिवस २०२२ को विषयवस्तु आइपि र यूथ इनोभेटिभिङ् फर वेटर फ्युचरमा केन्द्रित छ। 'IP and Youth Innovating for a Better Future'. हामी यी नवीन, ऊर्जावान र रचनात्मक दिमागहरूले कसरी सकारात्मक परिवर्तनलाई ड्राइभ गरिरहेका छन् भनेर यस दिनमा अन्वेषण गर्नेछौँ ।

बरुथिनी एकादशीको व्रत आज बस्ने कि भोली ?
यसपाली बरुथिनी एकादशी दुई दिन परेको छ । "लाग्दो तिथी, छोड्दो व्रत" भन्ने सिद्दान्तको अनुसार बरुथिनी एकादशीको व्रत बुधवार लिँदा उत्तम हुनेछ।

सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.