वृष सङ्क्रान्ति/ कुर्म जयन्ती/ पूर्णिमा व्रत/ अन्तर्राष्ट्रिय परिवार दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

वृष सङ्क्रान्ति/ कुर्म जयन्ती/ पूर्णिमा व्रत/ अन्तर्राष्ट्रिय परिवार दिवस





सङ्क्रान्ति के हो?
हरेक महिनाको प्रथम दिन सङ्क्रान्ति हरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र हरेक सङ्क्रान्ति को यसै हिसाबले धेरै महत्त्वपूर्ण रहेको लाकोक्तिहरु छन् । बिहान बिहान राशि चक्रअनुसार टिभी या रेडिया, मोबाइल या पत्रिकामा राशिफल चाल पाउँदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशिसम्म पुगेर १२ वटा राशिका फलहरू अन्त्य हुन्छ र यी राशि चक्र महिनासँग समबन्धीत हुन्छन् ।

के हो वृष सङ्क्रान्ति ?
राशि चक्र महिनासँग समबन्धीत हुन्छन्, यसर्थमा आज सूर्य मेष अर्थात् पहिलो राशिबाट वृष अर्थात् दोस्रो राशिमा प्रवेश गर्दै छ ।
सौर्य मान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष सङ्क्रान्ति भनिएको हो । यस वर्षको वृष सङ्क्रान्तिमा हामी सबैलाई स्वागत छ । ज्येष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला बादलहरू लगायत पश्चिमी हावाहरू खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?
जेठ अथवा ज्येष्ठ जे भनेपनि यो महिना भनेँ बडो गज्जबको महिना हो, असारका रोपाँईका लागी धानका बिउहरू छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नका लागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरू, बाँसका कलिला मुनाहरू अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरूको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।

संयोग के छ भने आज सङ्क्रान्ति कै दिनमा पूर्णिमा तिथि पनि पर्न गएको छ ।

पूर्णिमा व्रत


पूर्णिमा के हो?

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष गरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।

यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

कुर्म जयन्ती


कुर्म भनेको के हो?

विष्णुको कछुवा स्वरूपलाई कुर्म भनिन्छ । कुर्म जयन्ती वैशाख शुक्ल पूर्णिमामा पर्छ । क्षीर सागर मन्थनका दौरान यसै कुर्म अवतारले मद्राञ्चल पर्वतलाई आफ्नो ढाडमा उठाएर हिँडेको कथन छ । विष्णुको प्रथम अवतार मत्स्य हो भने दोस्रो चाहिँ कुर्म अवतार हो । माछाबाट क्रमशः जल अनि थल दुवैमा यथोचित रहन सक्ने कुर्म अवतारमा विष्णु भगवान् पर्दापन भएको मानिन्छ ।

कुर्म जयन्तीमा के गरिन्छ ?
यो दिन व्रत बस्ने चलन छ । एक दिन अगावै जाग्राम बस्ने, विष्णु सहस्त्रानाम पढ्ने र अन्य वैदिक मन्त्रहरू पढ्ने चलन रहन्छ । यस दिन दान पुण्य गर्नाले धेरै फाइदा हुने विश्वास पनि गरिन्छ ।
कुर्म अवतारमा योगमायाको उपस्थिति रहने विश्वासका कारण आजको दिन निर्माणका कार्यहरू । कला अनि शिल्पका कार्यहरूको थालनी गरिनु विशेष फलदायी मानिन्छ । यस जयन्तीको सबैमा शुभकामना ।



अन्तर्राष्ट्रिय परिवार दिवस

यस दिवस कहिलेबाट मनाउन थालियो ?
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको हो । यस दिनले परिवारसँग सम्बन्धित मुद्दाहरूको जागरूकता बढाउन र परिवारलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर प्रदान गर्दछ।


यस वर्षको परिवार दिवसको परिवेश

सहरीकरण हाम्रो संसार र विश्वव्यापी परिवारहरूको जीवन र कल्याणलाई आकार दिने सबैभन्दा महत्त्वपूर्ण मेगाट्रेन्डहरू मध्ये एक हो।

दिगो सहरीकरण धेरै दिगो विकास लक्ष्यहरू, जस्तै (गरिबी उन्मूलन) , (राम्रो स्वास्थ्य र कल्याण), (शहर र मानव बस्तीलाई समावेशी, सुरक्षित, लचिलो र दिगो बनाउने) र (देशहरू भित्र र बिच असमानता घटाउने) सँग सम्बन्धित छ।

यस वर्षको नाराः परिवारहरू र शहरिकण (Families and Urbanization)
आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यकता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत् रूपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यकता पनि त हो । समावेशी परिवारका लागि पारिवारिक शिक्षा पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टिभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्त्व झल्काउने काम गरिन्छ ।
विश्व परिवार दिवसको शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.