विश्व हेपाटाइटिस दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व हेपाटाइटिस दिवस




विश्व हेपाटाइटिस दिवस विशेष अडियो सामाग्री

विश्व हेपाटाइटिस दिवसको पृष्ठभूमि
हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज । खतरनाक स्वास्थ्य समस्या मानिएको ‘हेपाटाइटिस’ आधुनिक युगमा पनि उत्तिकै विकराल रूपमा देखापरि रहेको छ ।

सन् २०२२ मा भने हेपाटाइटिस दिवसको नारा चाहिँ 'I Can't Wait' हो । जसको अर्थ ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने हो ।

हेपाटाइटिस सङ्क्रमणको तथ्याङ्क
विश्व स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्ने हो भने, संसारभर ठुलो सङ्ख्यामा मानिसहरू भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्याङ्कले देखाउने रहेछ ।

यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्या विकराल रूप थप सघाऊ त पुर्याउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ मान्यता स्वरूप जनचेतना जगाउने अभियान सुरु भएको हो । हामीमध्ये कति जनालाई यो रोगबारे थाहा छ त ?

एचआइभी एड्स, मलेरिया, क्षयरोग जस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस ‘बी’ र ‘सी’ लागेर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।

हेपाटाइटिस का प्रकारहरू
कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्छ । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्: ‘ए, बी, सी, डी र इ’ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन् । एचआइभी एड्स, मलेरिया र क्षयरोगभन्दा हेपाटाइटिस ‘बी’ र ‘सी’का कारणले वार्षिक धेरै मानिसहरूको मृत्यु हुने गर्छ । कलेजोको क्यान्सरले मृत्यु हुने ३ मध्ये २ हेपाटाइटिसका रोगी हुने गर्छन् ।

हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस ‘बी’ र ‘सी’लाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्य गरी बालबालिका र सीमान्तकृत समूहलाई नै बढी पिरोल्ने गर्दो रहेछ ।

लागूपदार्थ दुर्व्यसनी, एचआइभी सङ्घर्षरत मानिसहरू, प्रवासीहरूमा हेपाटाइटिसले बढी सताउने गरेको देखिन्छ । अझ हेपाटाइटिस ‘बी’ लागेका ९०% मानिसहरू र हेपाटाइटिस ‘सी’ भएका ८०% मानिसहरूलाई त आफूमा यो रोग लागेकोबारे अनभिज्ञ रहने र नजानेरै अरूमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरूसरह घातक रोग मानिन थालिएको रहेछ ।

आजकै दिन भए पनि आफूले माया गर्ने आफ्नो परिवार र साथीभाइसँग हेपाटाइटिस कसरी लाग्दो रहेछ, यसबाट बच्ने तरिकाहरू के रहेछन् भन्नेबारे छलफल गर्न तपाईँहरूलाई हामी सुझाउँछौँ ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.