प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको पृष्ठभूमि के हो ?
काम गर्ने स्थलले एउटा छुट्टै अर्थ राख्ने गर्दछ । यो कामदारहरुको स्वास्थ्यसँग प्रत्क्षय सरोकार राख्ने विषय हो । विभिन्न सर्वेक्षण अनुसार विश्वमा प्रतिदिन ६३०० श्रमिकको मृत्यु कार्यसम्बन्धी जोखिमले हुने गर्दछ । यस हिसाबमा कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छे मर्दछन्, जुन तथ्याकं भयानक हो । स्वास्थ्य र सुरक्षाको सम्झौताका कारण कहिले संक्रामक रोग फैलिने त कहिले कार्यस्थलमा दुर्घटना हुने जस्ता अप्रिय घटनाहरू घट्ने गर्दछन् । काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस सन् २००३ देखि सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिनको मनाउदै आएको अन्तर्राष्ट्रिय अभियान हो। यस दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भुमिका खेल्ने गरेको छ ।
किन मनाइन्छ काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ?
सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घण्टाको एक तिहाइ समय हो । १० मा ८ दशमलव ८ अकं ल्याउने गरी विश्वभरिका कामदारको कार्य वातावरणमा सुधार गर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ । कामदारहरुले ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।
यो वर्षको काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको नारा के हो ?
यो वर्षको काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको मुल नारा “Act together to build a positive safety and health culture” अर्थात “सकारात्मक , सुरक्षित र स्वस्थ संस्कार निर्माणकालगि सामुहिक पहल गरौँ “ भन्ने रहेको छ । यो नाराले मजदुर र कामदारहरुको सुरक्षा र स्वास्थ्यको वकालत गर्दै सकारात्मक संस्कारको निर्माणमा जोड दिएको छ ।
Liked by: