स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० | प्रदोष व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० | प्रदोष व्रत





के तपाईंलाई थाहा छ ?
स्थानीय तह निर्वाचनका बारेमा केही तथ्यहरू

-देशभरिका ७५३ वटै स्थानीय तहमा आज २०७९ वैशाख ३०मा स्थानीय निर्वाचन हुँदै छ । यस निर्वाचनमा ७९ वटा राजनैतिक दलहरु समावेश भएका छन् ।
-देशभरिमा महानगरपालिकाको सङ्ख्या ६ वटा छ। ११ वटा उपमहानगरपालिका रहेको छ। नगरपालिकाको सङ्ख्या २७६ हो भने गाउँपालिकाको सङ्ख्या ४६० रहेको छ। ७५३ पालिका प्रमुखका लागि चुनाव हुदैछ। सोही सङ्ख्यामा पालिका उप–प्रमुखका लागि पनि निर्वाचनको समय आएको हो ।
-आज ६ हजार ७४३ वडा अध्यक्ष छनौट गरिदैछ। सोही सङ्ख्यामा महिला वडा सदस्य र दलित महिला वडा सदस्यको छनौट निर्वाचनबाट गरिन्छ। प्रत्येक वडामा २ जना वडा सदस्यका लागि कूल १३ हजार ४८६ पदका लागि मतदाताले मतदान गर्दै छन् ।

चुनावको अघिल्लो दिन वैशाख २९ गतेसम्मको मितिलाई हेर्दा झन्डै १ करोड ७९ लाख मतदाताले मतदान गर्ने आयोगको प्रारम्भिक तथ्याङ्कले आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनुभएको छ । निर्वाचनका लागि २२ हजार निर्वाचन केन्द्रहरू तय गरिएका छन् भने निर्वाचनका लागि झन्डै २ करोड मतपत्र छापिएको छ । ‘निर्वाचनमा प्रयोग गरिने मतपेटिका, स्टामप्याड, स्वस्तिक चिह्न लगायतका साम्रागी प्रत्येक मतदान केन्द्रमा लगिइसकेको छ ।

निर्वाचनको घोषणा कहिले भएको हो ?
आयोगको परामर्शमा सरकारले स्थानीय तह सदस्य निर्वाचन आउँदो वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी मिति माघ २४ गते घोषणा गरेको थियो।
सङ्घीय गणतन्त्र नेपालले आज स्थानीय तहमा सक्षम र भरपर्दा उम्मेदवारहरू छान्नेछ , धेरै धेरै शुभकामना ।

मतदान गर्नु हामी सबै सचेत नागरिकको दायित्व पनि हो, नङ रङ्गाउन जानुहोला है ।

प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।


प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।

प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.