विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस




विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस बिशेष अडियो सामाग्री

माथी प्रकाश होस्, विचमा वस्तु होस् अनि छाँया त बन्छ नै, कि कसो ? हो यसै छाँया अनि वस्तुको अवस्थितीलाई ध्यानमा राखेर विश्व भरि कागज अनि अन्य वस्तु, विचार अनि शब्दाशंहरुको प्रतिलिपि या छाँया लिपि वनाउने चलन छ । सामान्य भाषामा हामी कपी, या फोटोकपी या जेरोक्स भन्दछौ, आज एप्रिल २३ का दिन विश्वले पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउदछ, आउनुहोस हामी पनि यसै सेरोफेरोमा बात मारौ ।

कार्यलय अनि अध्यन संकायहरु अगाडी हुल देखिन्छ, मानिसहरुको । यस्तै हुल छ विदेश जाने लाईनमा भएकाहरु, कामकाजी हरु अनि अन्य धेरै जनाको । कागजपत्रको फोटोकपी गर्न र यो कपी अर्थात फोटोकपीको सहजता सँगै वढ्दै गएको छ वैचारीक अनि शब्दाशं चोरीगर्ने क्रम ।

फेसबुकका स्ट्याटस, विचार, लेख, कथा, कविता अनि नाटक चोर्ने क्रम सामान्य भईसकेको छ, हैन र ? तर एउटा लेखकका हेतुले तिनै विचारहरु मन्थनकालागी हाम्रो दिमागी लगानी र ती विचार प्रतिको हाम्रो स्वामीत्व कपी पेष्ट र फोटोकपी गर्ने चलनले ह्रास आँउदै गएको छ । पुस्तकको दायरालाई फराकीलो पार्ने हो भने कागजी अभिब्यक्तिलाई पुस्तकका रुपमा लिन सकिन्छ किनभने पुस्तक को मोटाई, गोलाई, रगं अनि कागजको गुणस्तर भन्दा पनि त्यसमा लेखिएको शब्द, विचार र प्रतिबिम्बको महत्व वढी हुन्छ । स्मरण गरौ, विश्वमै सर्वाधीक विक्रि भएका पुस्तकहरुपनि एक समयमा सादा कागजका सेता र सरल पाण्डुलिपि मात्र हुन् । लेखन एउटा एतिहासिक ब्यवसाय र समाज सेवाको स्वरुप हो, समाज जागरणको शिलास्तम्भ हो । वाल्मीकी देखि वेद ब्यास सम्म, शेक्स पियर देखि वर्डस वर्थ सम्म, म्याक्सीम गोर्की देखि चेकभसम्म लेखकले समाजलाई समाजकै एैना देखाईदिएका छन् ।

नेपाली परिवेशका यूगकवी मोतीराम भट्टलाई आज संझना गर्न चाहयौ जो विना आदिकवी भानुभक्तका धेरै कृतीहरु हामीमाझ आउने थिएनन । उन्को निस्वार्थ भाव र लेखक या सर्जक प्रतिको सम्मानले नै भानुभक्त आज भानुभक्तका रुपमा हामीमाझ छन् । सर्जकलाई श्रृजनाको अधिकार दिनुनै आजको दिनको उदेश्य हो । मुलभुत रुपमा कागजी, वैचारीक र अभिब्यक्ति का कुराहरु आजका दिनले सम्बोधन गर्दछ ।

शब्द किन्ने र चोर्ने नभईकन शब्दको सम्मान गर्न सिक्नु पर्दछ, शब्द त केवल भावनाको प्रतिरुप हो र भावनाको किनवेच अक्षम्य र असंभवप्राय छ । सबैजना पाठकलाई नमन गर्दै सर्जकलाई सम्मान गर्दछ, हाम्रो पात्रोल्े आजको दिन् ।

कसैको विचार साभार गरेर लेख्दैमा हामी साना हुदैनौ नि, हैन र ? त्यसमाथी विश्व साहित्यका विभिन्न कृतीहरुलाई अनुवाद गर्दै आआफ्ना भाषामा उतार्न पनि एउटा कला हो, लेखक लाई साभार गर्दै अनुवाद गर्नु भन्दा पनि सोझै आफ्नै नाममा सर्जकको खाता खोल्नु राम्रो हैन । प्रतिलिपि अधिकार र विश्व पुस्तक दिवसले यिनै कुराहरुलाई पनि याद गराँउछ ।

विश्व साहित्यमा २३ एप्रिल एउटा महत्वपूर्ण दिवस हो, सन् १६१६ मा आजकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । यूनेस्को ले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस प्रस्ताव र स्वीकृत गरेको हो ।

आजको दिन त्रीपक्षीय रुपमा दायित्व वोध गर्दै मनाईन्छ, प्रकाशक, विक्रीकर्ता र पुस्तकालयहरु । यिनै तिन पक्षहरुनै मुलभुत रुपमा पुस्ततक र पाठक विचका सेतुहरु हुन् । आजको दिन पठन, देखन अनि प्रतिलिपि को अधिकार र सिमाका वारेमा विश्वभरिनै जानकारी गराईन्छ । पुस्तकहरु मानिसका अनन्य मित्रहरु हुन्, पढ्ने चलन नघटोस । पुस्तकालय अगाडीको पाठकको सख्याँ नघटोस अनि लेख्नेलाई लेखेर खान सक्ने र चिनिन सकिने वातावरण श्रृजना होस् ।

सुन्नेलाई सुनको माला, पढ्नेलाई फुलको माला
प्रतिलिपि अधिकार र पुस्तक दिवसको विश्वलाई शुभकामना

सुयोग ढकालका शब्दहरु
केवल हाम्रो पात्रोमा



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.