क्रिसमस डे | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

क्रिसमस डे




अर्कोतर्फ क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुगांभएका यि साधुले सबैलाई उपहार दिने र खुशी वाँड्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेर सम्म सुत्दैनन्, कोही कोही ब्यक्तिहरुभने सान्टा क्लसको भेषमा उपहार र कोसेली वाँडदै, साट्दै हिडदछन्, अर्कोतर्फ आजको रात हिँउको मान्छे अनि चरा बनाँउने, हिँउमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ है ।



ल हामीसबैलाई क्रिसमसको शुभकामना छ, मेरि क्रिसमस् है । संसारभरि आज भब्यतापूर्णरुपमा इसाई समुदायका मान्छेहरुलगायत प्रत्यक्ष परोक्षरुपमा धेरैजनाहरुले क्रिसमस मनाँउदछन् , संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन आजको दिनमा मात्रै सार्वजनिक विदा हुनेगर्दछ । आज फुर्सतीलो संसारले उत्साहमुलकरुपमा क्रिसमस मनाउदैछ । विदेश तिर पनि धेरैजसो ठाँउमा जाडोको प्रकोप धेरै वढीसक्यो होला, हिँउद, हिँउ अनि सिरेटोविचको यो पर्व क्रिसमसका धेरै पाटाहरु हिँउसग जोडिएका छन्, एउटा सानो क्रिसमस गीतको सरल नेपाली अनुवादवाट शुरु गरौ है
बाहीरको चिसो भयावह छ तर बालेको आगो न्यानो छ
आज जानपर्ने कुनै ठाँउ छैन्, पारिदेउ हिँउ पारिदेउ
अँगेना छेउ बस्या छु, हिँउ नरोकिएपनि ठिकै छ
भुट्नलाई मकै ल्याएको छु
सेन्टा क्लसले ईच्छा पूरा गरिदिनेछन्
सबैलाई मेरि क्रिसमस्


ईतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदीन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् चाहे त्यो भगवान कृष्णको जन्मदिन होस् या वुद्धको या गुरु नानक हुन् या पैगम्बर मोहम्मद, आज भने इसाईधर्मका प्रवर्तक जिसस अर्थात येशुको जन्मदीन हो । अर्कोतर्फ विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिँउदको यो मध्य समयमा आगो र प्रकाशको चाडकारुपमा मनाइने कुरा उल्लेख गर्दे पछी यसै दिनलाई क्रिसमसकारुपमा मनाउन थालिएको तथ्य प्रस्तुत गर्दछन् । ईस्बी संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५लाई क्रिसमसकारुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् । ईस्बी संवतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा वाँडिएको छ, यसअर्थमा क्राईसको धर्तीमा पर्दारपणभएको आज २०१६ वर्षभएको मान्न सकिन्छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जाघरहरुमा गएर क्रिसमस मनाइन्छ, नजिकै जगंल हुने समुदायमा घरका पुरुषहरु जगंल गएर ठूला रुखका मुडाहरु काटेर ल्याउने र आँगनमा बालेर यस पर्व मनाउन शुरु गर्ने परम्परा पनि छ । अग्रेजी पढदा हामी नेपालीहरु सबैले ए फर एप्पल बी फर बल गरि पढेका हौ, यसैक्रममा एक्स ह् फर एक्समस ट्री पनि पढेका छौ । चित्रमा सिँगारिएको सानो धुपीकोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात क्रिसमस ट्री आजका दिनमा धेरै सिँगारिन्छन्, संयूक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरु आज खरिद गरिन्छ, स्मरण रहोस यस्ता रुखहरु तैयार हुनलाई कम्तिमा पनि १५ वर्ष लाग्दछ । चाडवाडमा परम्परागत रुपमा जनावरहरु मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ, आज धेरै जनावर र चराकुखुरा हरु खानका लागी काटिन्छन्, हिँउदको मध्य विन्दुमा जनावरहरुलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरुले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरु काटेर सख्याँ घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।
अर्कोतर्फ क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुगांभएका यि साधुले सबैलाई उपहार दिने र खुशी वाँड्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेर सम्म सुत्दैनन्, कोही कोही ब्यक्तिहरुभने सान्टा क्लसको भेषमा उपहार र कोसेली वाँडदै, साट्दै हिडदछन्, अर्कोतर्फ आजको रात हिँउको मान्छे अनि चरा बनाँउने, हिँउमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ है । चाडपर्व एउटा उत्साह हो जस्लाई धर्म भन्दा पनि सस्कार, सस्कृती अनि नितान्त खुशीको अभिब्यक्तिकारुपमा लिन जरुरी छ, नेपालमा पनि धेरै ईसाई धर्मावलम्वीहरु छन्, वहाँहरु लगायत सबैकोलागी यो महान क्रिसमस रमाईलो होस् । जाँदाजाँदै नेपाली ईसाई धर्मावलम्वी साथीले हामी सबैजना हाम्रो पात्रो प्रयोगकर्तालाई एउटा भजन अनि शुभेच्छा दिनुभएको छ, सुन्नुहोला है, केवल हाम्रो पात्रोमा ।


हाम्रो पात्रोको लागि सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.