ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

यस्ता रोपाईंहरुको मध्यमा पर्ने अाषाढे पन्ध्र एउटा व्स्तताबिच थकाई मारिने चाड हो, दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकालेनै होला अाषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ ।

राष्ट्रिय धान दिवस/दहि चिउरा खाने दिन
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
अाषाढ माटोको महिना हो, अाषाढ पानीको महिना हो अनि अाषाढ कृषकको महिना हो । अाषाढको पन्ध्र, अर्थात अाषाढ महिनाको मध्यबिन्दु भन्दा पनि हुन्छ । अाषाढ महिनाको हाम्रो समाज र जीवनशैलीमा ठूलो महत्व छ, कृषीप्रधान हाम्रो देशमा अाषाढ भनेको मानो खाएर मुरी उब्जाउने बेला हो, धान रोप्ने र त्यो रोपाईंसँगै बर्षभरिलाई खान पुग्ने अन्न भित्र्याउन पाइयोस भन्ने आशा पनि रोपिन्छ ।