ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

यसपालाको बाढिपहिरोले धेरै चेलीका घरहरु अनि धेरैका माईतहरु बगाएको छ अनि संगसंगै तिनीहरुको सपना र आकांक्षाहरु पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरु पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यसबर्ष सबैतिर समान छैन्, यता नाचगान हुँदैगर्दा उता रुवावासी हुँदैछन्, यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दैगर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ ।

दर खाने दिन
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रुपमा मात्र लिइन जरुरी छ र यो चाडलाई गरिब-धनी सबैको पहुँचमा आउने गरि मनाइन जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ, स्वास्थ्यलाई विशेष ख्याल गर्न जरुरी छ, धेरै चिल्लो पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनको अधिक्तम सेवनले थप बिरामी गराउन सक्दछ तसर्थ दर खाने क्रममा यी कुराहरुप्रति धेरै ख्याल गर्न जरुरी छ ।