विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस




विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस विशेष अडियो सामाग्री

लैगिंक समानता आजको आवश्यक्ता र चुनौति दुबै हो, प्रविधी र सूचना पहुँचमा महिलाहरुको समान पहुँच बनाउनका लागि बिभिन्न दिवस र अभियानहरु चलाइने गर्दछ जस्मा हरेक वर्ष फेब्रुअरी ११ तारिखको बिज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवस पनि एक हो ।

सानो किस्सा छिमेकी राष्ट्र भारतको आज प्रस्तुत गर्न चाँहे, भारतमा भारतीय बैज्ञानीकहरुको स्पेश प्रविधिमा पछिल्लो समय भएको योगदानको आँकलनमा महिला बैज्ञानीकहरुको योगदान को सराहना विश्वले गरेको पाइन्छ । इस्रो नाम स्पेश परियोजनामा भारतभरि बाट महिला बैज्ञानीकहरु छनौट गरिएको थियो, उनीहरुको योगदान र बिद्धताले गर्दा भारतले सन् २०१२ को अप्रिल महिनावाट शुरु भएको मार्स अर्विट मिशन केवल १८ महिनामा पुरा गरेको थियो । यस विषयमा विश्वभरि बिभिन्न वृतचित्र र चलचित्रहरु बनेका पाइन्छन्, आधूनिक विश्वमा बिज्ञान र प्रविधी अनि नवप्रवर्तनमा महिलाहरुको योगदानको कदर गर्ने बिशेष दिन फेब्रुअरी ११ मा यहाँहरुलाई स्वागत छ ।

यो लेखलाई अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।

अन्तर्राष्ट्रिय स्तरमा विकास लक्ष्यहरू हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। पछिल्लो १५ वर्षमा, विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता गराउन प्रयासरत छ। यद्यपि महिला अथवा केटीहरु विज्ञानमा पूर्णतया आफ्नो सहभागिता जनाउन असक्षम भएको देखिन्छ। अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक रिसर्च गर्ने व्यक्तिहरुमा ३० प्रतिशत भन्दा कम महिलाहरूको संलग्नता भएको पाइएको छ। यो आकडा पुरुषको तुलनामा निक्कै कम हो।

अहिले अध्यनकै क्रममा रहेका छोरी मान्छेहरुमा पनि आफ्नो उच्च शिक्षामा विज्ञान बिषय रोजेर अघि बढ्ने उत्साह पनि देखिएको छैन। बिज्ञहरुको अनुसार हाम्रो समाजमा लामो समय अघि देखि रहेको लैङ्गिक असमानता कै कारण महिलालाई अहिलेको बैज्ञानिक युगमा पनि विज्ञान तर्फ कुनै आकर्षण नभएको हुनसक्ने अनुमान गरिएको छ। हामि महिलाको सशक्तिकरण, महिलाको सहभागिताको बारेमा थुप्रै कुराकानी गर्छौ। महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन बिज्ञानको महत्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरु बिज्ञानमै पछाडी रहे भने, आउदो समयमा के महिला सशक्तिकरण सम्भव छ त रु हामि मध्य धेरैले यो कुरा सोचेका छैनौ होला। त्यसैकारण हरेक बर्षको फेब्रअरी ११ का दिन संयुक्त राष्ट्र संघले यो चिन्ताको बिषयमा प्रकास पार्न आजको दिन मनाउने गरेको छ।

महिलाहरुको बिज्ञानमा समान पहुच र उत्साहजनक उपस्थितिले मात्र महिला र पुरुष बीचको असमानताको अन्तरलाई घटाउन सक्छ। हामि अहिले भ्यालेन्टाइन सप्ताहमा छौ, यस बेला पुरुष मित्रहरुले आफ्नो प्रिय महिला मित्रहरुलाई थुप्रै तरिकाले सम्मान र माया प्रदान गरिनै रहेको छौ। यसै सप्ताहमा परेको आजको दिनले पुरुष मित्रहरुलाई आफ्नो प्रिय महिला मित्रको बिज्ञानसंगको संलग्नता र सहभागिता के कस्तो छ र कसरि सुधार्न सकिन्छ भनि सोच्ने मौका दिएको छ। आजको दिनको महत्व विश्वभरिको महिलाले बुझ्न जरुरी छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.