ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विशेषतः हिउँदका बेला खोलानाला सुकेर जलविद्यूतमा असर पर्नगई धेरैभन्दा धेरै लोडसेडिङ्ग हुने हाम्रो देशमा भने यसपटक अचाक्ली खुशी छाएको छ, अचम्म भएको छ, कारण हो अत्यन्त कम लोडशेडिङ्ग, यो क्रमले निरन्तरता पाओस् भन्ने हाम्रो आशा छ । उर्जासंकट को यसै गरि समाधान भई औधोगिक प्रगती र सहज जिवनयापन हुन सकोस् ।

धनु संक्रान्ति
नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु
सुन्न ट्याप गर्नुहोस्
आजका सक्रान्ति तिर्थाटनकालागि एकदमै जरुरी छ, आजकै दिन श्रीकृष्ण मथुरा गएको र हिंसक मामा कंसको संहार गर्ने क्रम अगाडी बढेको जनविश्वास रहेको छ । भागवत पुराणका अनुसार आज कंशले कृष्ण र बलरामलाई धनुयात्रामा निमन्त्रणा दिएर मार्ने योजना गरेका थिए । आजका दिन सूर्य देव र भगवान शिवको पूजा गरिन्छ । सूर्यलाई विभिन्न प्रकारको अर्घ अनि प्रसादहरु चढाउने अनि शिवलाई नैवेद्य तथा सुगन्धित पुष्पहरु चढाउने गरिन्छ ।