ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

प्रत्येक विद्यालयहरुमा सहज अपाङ्गमैत्री शिक्षा जस्तैः व्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत-जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरुमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरीक उत्पादन गर्न सके वहाँहरुको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु
सुन्न ट्याप गर्नुहोस्
अपाङ्गता भएका ब्यक्तिहरुले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्नेगर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाकालागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरुले अपाङ्गगता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन भन्ने याद दिलाउने दिन पनि हो ।