ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

२०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भूँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरु दिए तर सयौं शताब्दिदेखि डाडाकाँडा तथा भीर पाखाहरूमा बसोवास गर्दै आएका नेपालीहरुको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै ब्यवसायीक अनि अत्यन्त जीर्ण भवनहरुमा भुकम्पको बेला वसोवास गर्न भने हुँदैन । ब्यापक जग्गा प्लटिङ र पहाडहरुको कटानी र फडानीमा अङ्कुश लगाउन आवश्यक छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
वि.सं. ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरु तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजूरआमा, जिजूबुवा-जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।