ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विपरित लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर आकर्षणको अर्थ हिंसा हैन । कर-बल हैन माया, तर्क हैन, भावना अनि शरीर हैन मन जित्नसक्ने पुस्ताको खाँचो छ, नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको विजारोपण गर्न जरुरी छ । शरीर हैन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी पुरुष सँगै हिंड्ने समान समाज अाजको आवश्यक्ता हो ।

महिला हिंसा अन्त्यकालागि दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
हाम्रो समाजमा पनि छोरा र छोरीकाविचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो अाफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मष्तिश्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज-परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन । महिला हिंसाका कथाहरु अनि ब्यथाहरु धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । खासगरी नेपाल सरकारले महिला पुरुष कानुनतः समान र सक्षम छन्, तपाईमाथी कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ ।