सन् २०१७ प्रारम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सन् २०१७ प्रारम्भ




हरेक नयाँ वर्षहरुमा हामी केही नयाँ सोंच या अाफ्नो दैनिक जीवनमा परिवर्तनका उदाहरणहरू अनुभव गर्ने चाह राख्दछौं तर ति तमाम चाह अनि वाचाहरु सबै पुरा हुँदैनन । केही कुरा थप गृहकार्यकालागि समयले तुहाएर छाडि दिने गर्दछ । यस वर्षको सकारात्मक सोंच अनि प्रगतिका लावालस्करहरुले तपाइको पाइला चुमुन, फर्केर हेर्नु नपरोस अनि ताकेका चिताएका सकारात्मक कुराहरुमै सफलताको निशाना लागोस् ।


सन् २०१७ प्रारम्भ वर्ष विषेश अडियो सामग्री

शुरु गरौं वर्ष विशेष विषयगत प्रसङ्गबाट । जिन्दगीलाई एकतमासले हेर्ने हो भने यसलार्इ अनुभव र यादहरुको डोकोको रुपमा लिन सकिन्छ । जसमा अँटाएका हुन्छन् खुशियाली, हाँसो, ठट्टा-मजाक, रहर, चाहना, प्राप्ति, विछोड, सफलता, असफलता, गाँठो फुकाइएका-नफुकाइएका अनेक भावहरू । झन त्यो जिन्दगी रूपी डोकोबाट जीवनका विभिन्न अारोह अवरोहहरूका अनेक खुड्किलामा पोखिएर छल्किएका सम्झनाका छालहरू त झन यादगार रहन्छन् । तर जिन्दगीमाथि अाफ्नो विजय हासिल गर्नुछ भने दुःखका पल सम्झिएर छट्पटिने अथवा निरास हुने हैन खुशियालीका साना साना हाँसोका क्षण सम्झिन सक्नुपर्छ ।

हरेक नव वर्षको जीवन एउटै हुँदैन सदैव केहि न केही फरक कथा बुनेर नयाँ यूगको स्वागत गर्छ, जो पछाडी फर्केर कदापी हेर्न चाँहदैन र याद र अनुभवले उनीएको माला झै पुरानो वर्ष वित्नेगर्छ । विदाई भनौ या स्वागतम! सन् २०१६ ले अाफूले गर्नुपर्ने र विश्वजगतलार्इ दिनुपर्ने अनुभव छाड्दै सन् २०१७ भित्रिएको छ ।

आजबाट इश्वी सम्वतको नयाँ वर्ष संसारभर भब्यताकासाथ सन् २०१७ को नामले स्वागत गरिंदैछ । हुन त हामी नेपालीहरुको अाफ्नो दैनिकी, चाडवाड अनि कार्यालयगत कुराहरु विक्रम सम्वतमा आधारित भएकाले यो इश्वी सम्वतलाई आगन्तुक र परदेशी संवतका रुपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरु अनि अन्तराष्ट्रिय संघ-संस्थाहरुमा काम गर्ने लगायत अन्य अन्तराष्ट्रिय संवतहरु इश्वी सम्वतमै स्विकारीएकाले इश्वी सम्वतको अन्तर्राष्ट्रिय अपनत्वता र उपयोगीता छ ।

भनिन्छ नि! "शुभकार्य र शुभकामनामा ढिलाई गर्न हुँदैन" तसर्थ शिघ्रातिशिघ्र हाम्रो पात्रोको तर्फबाट आफ्ना तमाम शुभचिन्तक तथा प्रयोगकर्ताहरुलाई नव वर्ष सन् २०१७ सालको हार्दिक मङ्गलमय शुभकामना । विक्रम सम्वत भने इश्वी सम्वत भन्दा ५७ वर्षले अगाडी छ र जनावरी फेब्रुअरी जस्ता १२ महिनाहरुले वर्षदिनको घोतक गर्ने  इश्वी सम्वत हो भने बिक्रम सम्वतमा हाम्रा वैशाख, जेष्ठ जस्ता १२ महिनाहरु हुन्छन् भन्ने त हामीलाई थाहै छ ।

अाजको दिन हामीमध्ये धेरै फूर्सतिलो भएकाले गएको वर्षको समिक्षागर्न मन लागेको हुनपर्दछ । कस्तो रह्यो त सन् २०१६ हाम्रो लागी ? के कस्ता कथाहरू अाए गए ? भोगाइका अनेकथरी अारोह अवरोहहरूले जीवनमा के कस्तो भूमीका खेले ? कसरी सामना गरियो ति तमाम दैनिकिका पात्रहरूलार्इ ? के के कुराहरु लिएर अनि कस्ता कस्ता कुराहरु दिएर गयो त सन् २०१६ ? अनि अब आउने वर्षमा के कस्ता योजनाहरु, प्रक्रियाहरु, धारणाहरु तपाईले पुरा गर्ने चाहना राख्नुभएको छ त ? सन् २०१६ मा तपार्इले दिनुभएको उर्जा पुग्यो पुगेन त्यसमा अल्मलिएर अब काम छैन, नयाँ उर्जा थप्नुस अघि बढ्नुस् सफलताको नयाँ अध्यायले तपाइलार्इ कुरीरहेको छ ।

हरेक नयाँ वर्षहरुमा हामी केही नयाँ सोंच या अाफ्नो दैनिक जीवनमा परिवर्तनका उदाहरणहरू अनुभव गर्ने चाह राख्दछौं तर ति तमाम चाह अनि वाचाहरु सबै पुरा हुँदैनन । केही कुरा थप गृहकार्यकालागि समयले तुहाएर छाडि दिने गर्दछ । यस वर्षको सकारात्मक सोंच अनि प्रगतिका लावालस्करहरुले तपाइको पाइला चुमुन, फर्केर हेर्नु नपरोस अनि ताकेका चिताएका सकारात्मक कुराहरुमै सफलताको निशाना लागोस् ।

यो वर्षभरिको हतारो, विस्मात र आश्चर्यसङ्गै, मिलन-विछोड अनि संभावनाका स-साना संवाहकहरुसित कतै यहाँले पालैपिच्छे मुस्कुराउन त विर्सनुभएको छैन ? एकफेर सोचौं है ! जीवनको मूलभूत उद्देश्य र हरेक दिनको एउटामात्र निश्चय भनेको कसैको मुहारमा एउटा मिठो मुस्कान थप्नु हो, कसैले हामीबाट प्राप्त गर्ने त्यस्तो मुस्कानपछि अाफूमा जुन अानन्द र हर्ष छाउँछ त्यो जत्तिको खुशियाली शायदै अन्त भेटिएला । यस वर्षमा हाम्रो हाँसो अनि मुस्कानहरु उधारोमा नजाउन्, हरेक अवसरहरुलाई उत्साहका साथ मनाउन पाईयोस् अनि दुःखनै लेखेको छ भने पनि बहादूरीका साथ सामना गर्ने साहस होस् ।

अनेक वर्षहरुसङ्गै हामीहरूपनि परिवर्तन भईरहेका छौं, जीवनका आयामहरु पनि परिवर्तनशील छन् । सन् २०१७ ले यी परिवर्तनका आयामहरुलाई सकारात्मक गोरेटो तर्फ लग्नेछ ? व्यक्ति, परिवार, समाज, देश अनि विश्वमा जे जति नराम्रो अनुभूति थियो त्यो सन् २०१६ को हिजोको रातसङ्गै सिल्टुम्मर खाअोस् । कुनै लत या बानी छोड्न चाहनुहुन्छ भने अटल आत्मविश्वास र दृढ सकंल्प होस् । युवा पुस्ताका साथीहरु हुनुहुन्छ र कसैप्रति अाफ्नो प्रेम उजागर गर्न चाहनुहुन्छ र सकिरहनुभएको छैन भने यो वर्षले त्यो किस्सालाई पनि बल दिएर अभिब्यक्त गर्ने सामर्थय प्रदान गरोस्, कि कसो ?


---

सन् २०१६ प्रमुख घट्नाक्रम

यस वर्ष अन्तराष्ट्रिय रुपमा भएका मुख्य घटनाक्रमलाई एकफेर सम्झिनै पर्छः चलचित्रहरुको विश्वकै ठूलो कुम्भ ओस्कर अवार्डमा रंगभेदी विचार र चिन्तन भयो भन्ने आरोपले यस पाला विश्वमा तहल्का मच्चायो भने संगीतकर्मी डेविड बोविई अनि बक्सर मुहम्मद अलीको मृत्यूले संसारलाई स्तब्ध बनायो । सिरिया, अफगानिस्तान अनि ईराकबाट यूरोप छिर्ने शरणार्थीहरुको दर्दनाक ब्यथा र कहालीलाग्दो सामुन्द्रिक यात्राको श्रृंखला यसवर्षपनि कायमै रह्यो । अर्कोतर्फ जे के रोलिङ नामक प्रसिद्ध लेखिकाको कृती ह्यारी पोटरमाथी सफल चलचित्र श्रृंखलाहरु बनाएका निर्देशक एलेन रिकम्यानको निधनले रङ्गमञ्च संसार स्तब्ध बन्यो ।

बेलायतले यूरोपियन यूनियनबाट हात झिक्नु विश्व समाजकालागि जुन किसिमको एउटा अप्रत्याशीत जनमत थियो त्यस्तै जनमत अमेरिकी राष्ट्रपतिको चुनाव पनि यस वर्षको मुख्य आकर्षण बन्न पुग्यो । यस निर्वाचनमा अन्तर्राष्ट्रिय मेडियाले गरेको पूर्वानुमान विपरित हिलारी क्लिन्टनको हार अनि डोनल्ड ट्रम्पको जीत पनि यसवर्षको एउटा रोचक प्रसङ्ग हो ।

सन् २०१६ का प्रमुख घट्नाक्रम विशेष सामग्रीकालागि यहाँ थिच्नुहोस्

अनेक आतङ्ककारी घटनाक्रम अनि ठूला राष्ट्रहरुबिचको शितयूद्ध अनि त्यसका प्रत्यक्ष परोक्ष असरहरुकाबिच गुज्रिएको यस वर्ष नेपालकालागि भने ठिकठाकै रह्यो । संवैधानीक विषयहरूको कार्यान्वयन अनि सङ्घियताका शुरुवाती कदममा शुरु भएको सन् २०१६ को अन्तिम दिनहरुसम्म पनि भुईचाँलो पीडितहरुको ज्यान लुकाउने छानो बनाउन नसकिएकोमा धेरै कुराहरुलाई सन् २०१७ लाई हस्तान्तरण गरिंदै नेपाली परिवेशमा नयाँवर्ष २०१७ को आगमन भएको छ ।

महाकाली नदिको छालदेखि मेची नदिको गहराईसम्म, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहरनियासम्म नेपालीपनको भाव, नेपाली हुनुको गर्वमा चमक छाइरहोस् । सन् २०१७ सालमा गज्जबका सपनाहरु साँच्न पाईयोस अनि तिनलाई पुरागर्न अगाडी बढ्ने कलात्मक अवसरहरु पाईयोस् । राज्यले पसिना बगाएर कमाउन देअोस् र त्यसरी बगेकाद पसिनाको उचित मूल्य पाईयोस् । यसरी प्राप्त अटल मुस्कानले नेपाली अनुहारहरु शोभायमान बनाईरहोस् । सन् २०१७ का हरेक दिन मंगलमय हुन्, चित्त शुद्ध होस अनि शान्ति फैलियोस् । शुभकामना !

---
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.