नयाँ वर्ष शुरु भयो, अब त मिति लेख्दा पनि हात लरबरिने हुन्छ । हामी पछिल्लो वर्षको मितिलाई लेख्ने या बोल्ने बानी परेका हुन्छौं अनि नयाँ वर्षका शुरुवाती दिनहरुमा त्यो बानी नछुटेर हैरान पारेको पनि हुनसक्छ, जे होस् नयाँ वर्षको उल्लासमा थप उल्लास थपिँदै जाओस्, शुभकामना ।
घरभित्रै छौं, लकडाउन छ, भौतिक रुपमा पर रहेपनि यस महामारी बिरुद्ध लड्न र मानवताको जर्गेनार्थ हाम्रो एैक्वद्धता थप मजवुत भएको छ । यस वर्षको बुधाष्टमी व्रतमा स्वागत छ, यस व्रतमा बिशेषत शिवपार्वतीको अर्चना गर्ने चलन रहन्छ, यस दिन व्रत बस्नाले मृत्यूपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरुले आफ्ना भावना र कामनाहरु राख्ने चलन हुन्छ, यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्दछ । यस दिन बुध ग्रहलाई विशेष नैवेध अर्पण गरिन्छ र पूजा सकिएपछि मात्र यि नैवेधहरु लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ । यसका अलावा भगवान बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ । बुद्ध अष्ठमी व्रतका महिमाहरु ब्रह्माण्ड पुराणमा पाइन्छ, बुध ग्रहको दोष भएका मान्छेहरुका लागि यस दिन विशेष फल दिने दिन रहन्छ । सबैजनालाई बुद्धअष्ठमीको अनेक शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: