चलचित्र पत्रकारिता दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

चलचित्र पत्रकारिता दिवस




चलचित्र पत्रकारिता दिवस विशेष अडियो सामाग्री

चलचित्र पत्रकार संघ नेपालले यसवर्ष आफ्नो २१सौं वार्षिकोत्सव मनाँउदैछ, संघले हरेक वर्षको जेष्ठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाँउदै आएको छ । यसरी नेपालका बिभिन्न स्थानहरुमा चलचित्र पत्रकार संघले भेला आयोजना गर्दै चलचित्र पत्रकारितामा योगदान दिएका पत्रकारहरुलाई सम्मान र अभिनन्दन गर्ने क्रम रहेकोमा यस वर्षको लकडाउन र कोरोना त्रासका बिच डिजीटल भेला मार्फत यस दिवस मनाउने जनाएको छ । संघका तर्फवाट आधिकारीक बिज्ञप्तीमा यस वर्षको चलचित्र पत्रकारिता दिवस डिजीटल भेलाका माध्यमले गर्ने जनाइएको छ ।

रंगमंञ्चको दुनिँयाको रगिंन खबरहरुप्रति सबैजनालाई अभिरुची र जिज्ञासा रहन्छ, यी खबरहरु भेला पार्न, प्रकशन प्रसारण गर्न चलचित्र पत्रकारहरुको ठूलो भूमिका रहन्छ । कलाकारहरुका बास्तविक जीवनका घटना, फिल्मका रोल देखि अन्य अनेक खबर र अपडेटहरु यिनै पत्रकारहरुको अनवरत कसरत र जुझारुपनाको उपज हो । यसवर्ष नेपाली रगंमञ्चले दुईजना हस्तीहरु नमिठो गरि गुमाएको छ, चलचित्र बिकास वोर्डका अध्यक्ष केशव भटराई र सिद्धहस्त कलाकार दिपक क्षेत्री एकदिनको अघिपछिमा मात्र बितेका हुन्, दिपकको मृत्यूमा शोक व्यक्त गरेका केशवको दिपकको मृत्यू भएको भोलीपल्ट मृत्यूभएको थियो । दुबैजना कलाकारलाई हाम्रो संवेदना ।

नेपाली रगंमञ्च यि पत्रकारहरुको उल्लेखनीय योगदान नहुनेथियो भनें हामी पनि पत्रिकाका हेडलाइन् भन्दा पनि रंगिन पानाहरु केलाउँदै हिरोहिरोइनका समाचारहरु नियाल्दै हुर्किने थिएनौ होला । रंगमञ्च उदाइरहन र चलचित्र फष्टाइरहन यि पत्रकारहरुको अनवरत सहभागीता चाहिन्छ, आजको विशेष दिनको शुभकामना ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.