ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

कोसेलीपात अनि दशैंको उपहारका किनमेलहरु भए त ? बैङ्कले नयाँ छापेको नोटहरु दशैंमा टिकाटालोकालागि काठमाडौबाट आफ्नो थातथलो जानेले लगिदिने चलन पनि छ हैन त ? जे होस दशैंले कहिले नयाँ लुगोको बहानामा त कहिले घोर्लै खसी-बोकाको बहानामा, कहिले घर जाने रौनक त कहिले देशका हरेकजसो स्थानमा प्रमुख दुर्गा भवानीका मठ-मन्दिरहरूमा नौरथा (नवरात्री) अवधिभर लाग्ने मेलाले सबैको जीवनमा रङ्ग र उत्साह छरेको छ, कि कसो ? यो वर्ष कोरोना महामारीको कारण यस महान चाड मनाउन थोरै सचेत अनि सावधान हुनुपर्ने अवस्था भने पक्कै छ ।