ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

१३औं गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको उत्कट चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुन जरुरी छ र हुनेछ पनि । गणतन्त्र दिवसको शुभकामना ।
सारा विश्व समुदाय, जुनसुकै देश या ठाँउमा बसेर यो कुरा पढ्दै हुनुहुन्छ, सुन्दैहुनुहुन्छ, के यो यो विश्वका साना र कमजोर देशहरुलाई आफ्नो सिमा रक्षा गर्ने अधिकार छैन ? हरेक नेपालीहरुको प्रथम प्रेमी या प्रेमीका भनेको उनीहरुको माटो हो, भारतसंगको यो सिमा विवादमा हामी नेपाली सबै एजुट छौं र हामी चाहन्छौं कि कुटनैतिक रुपमा यस समस्याले निकास पाओस् र नेपाली धर्तिको मर्यादा कायम होस्, हाम्रो हक नखोसियोस् ।