ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आजबाट दशैंको औपचारीक अन्त्य भयो है, दशैंको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ, यो दुर्गापक्षको समापनसङ्गै दशैंलाई अर्को वर्षकालागी थाती राखौँ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।