नेपाल प्राचिन कालदेखि नै चाड पर्व अनि तिथीहरुमा धनी देश हो । विश्वमै जात्रा, संस्कृती अनि चाडपर्वको धनी देश नेपाल सस्कारमा अत्यन्त समृद्ध देशका रुपमा चिनिन्छ। विशेषगरि काठमाडौ आसपासमा वसोवास गर्ने नेवा समुदाय प्राचिन कालदेखि नै आफ्नो सस्कृती अनि परम्पराका लागि प्रसिद्ध छन् र यीनै सस्कार र सभ्यताहरु मध्य आज एउटा महत्वपूर्ण सस्कृती लिएर प्रस्तुत छौं, सिथि चःह्रे ।
सिथि चःह्रे अर्थात चतुर्दशी, यस दिन नेवा समुदायले सिथि चःह्रे को पूजा अर्चना गर्ने चलन छ । नेपाल संवत अनुसार आजको मिती नेपाल संवत ११४१ बछलाथ्व महिनाको चर्तुदशीमा पर्दछ, चर्तुदशीलाई नै नेवा भाषामा चःह्रे भनिन्छ अनि आज सिथि चःह्रे हो । आजको दिन घरघरमा पुजा गर्ने चलन हुन्छ, यस दिन सिथि अर्थात शिवका छोरा कुमार कार्तिके को पुजा गर्ने गरिन्छ । कुमारलाई मात्र पुजा नगरि अन्य देवताहरुको पनि पुजा र अर्चना गरिन्छ ।
आजको दिन आँउदै गरेको सिथि नख को घोतक पनि हो भने क्रमश बैशाखबाट शुरु भएको नयाँ वर्ष, जात्रा, उत्साह, उत्सर्ग अनि चाडहरुको श्रखलालाई सिथि चःह्रे ले शंखनाद गरेको मान्न सकिन्छ ।
अन्य वर्षहरुभन्दा यस वर्ष केहि फरक छ, कोरोना त्रास र लकडाउनका बिच यस वर्षका जात्रा, धार्मिक भेलाहरु र पर्वहरु सामुहीक रुपमा मनाउन पाइएको छैन, विश्व चाँडै नै सामान्य अवस्थामा फर्कनेछ, हाम्रो उत्साह र उमगंमा रत्तिभर पनि कमी आएको छैन, शुभकामना ।
यस बर्ष नेपाल सवंत ११४१ को सिथि चःह्रे को शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: