सुर्यषष्ठी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सुर्यषष्ठी





हिन्दु सनातन दर्शनमा हरेक साना ठूला चाडपर्वलाई पनि निकै महत्व अनि धुधामका साथ मनाइन्छ, दशैं तिहार, रक्षाबन्धन, नागपन्चमी लगायत थुप्रै चाडहरुको सूचीमा आउने एउटा चाड हो, सुर्यषष्ठी ।

सुर्यषष्ठीलाई छठ या षष्ठीको दिन पर्ने भएकाले छठी पनि भनिन्छ, यस पर्व वर्षमा १२ पटक पर्न सक्छन, भाद्र शुक्ल षष्ठीमा पर्ने सूषर््षष्ठीको आफ्नै महत्व छ, आज हामी यस विषयमा कुरा गरौं ।
तृतियाका दिन तिज, चर्तुर्थिमा गणेश चतुर्थि, पञ्चमीका दिन पञ्चमी ब्रत पनि अब यी बिशेष दिनहरुको लस्कर आएर षष्ठीका दिन ठोक्कीएको हो, आजका दिन पनि कार्तिक मासमा झैं सुर्यलाई अर्घ दिने, सुर्यको अर्चना गर्ने अनि सुर्यको प्रशंसाका लागि महत्व राख्दछ । पछिल्ला केहि दिनहरुवाट नै व्रतका श्रृखलाहरु धमाधम रहिरहेका कारण यस सुर्यषष्ठीमा व्रतलाई उति महत्व दिइएको छैन, तिज, गणेश चतुर्थि अनि पञ्चमीको व्रत पछिको आजको बिश्राममा सुर्य भगवानको कृपा एउटा सारथीका रुपमा मानिएको छ, प्रकाश र सत्यले साथ नछोडोस्, आजलाई यति कामना ।
मानवले देखेको सबैभन्दा ठूलो अनि जाजल्यमान कुरा नै सुर्य हो, सुर्य नै समग्र श्रृष्टीको श्रोत अनि तत्व रहेको मानिन्छ, यिनै सुर्यको अर्चना अनि उपासना गर्नका लागि आजको षष्ठीलाई विशेष मानिएको हो ।

हरेक उदाँउदो अनि अस्ताँउदो सुर्यले हाम्रो जीवनउपर कृपा वर्षाओस्, सुर्यको कृपा बनिरहोस् अनि श्रृष्टीको वृत चलिरहोस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.