त्रयोदशी श्राद्धलाई मघा श्राद्ध पनि भनिन्छ, यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले यस त्रयोदशीलाई मघा त्रयोदशी पनि भनिएको हो । भाद्रपदाको पूर्णिमा देखि अमावस्यसम्म चल्ने पितृपक्षको त्रयोदशी तिथिको श्राद्धलाई विशेष रुपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथी पनि अन्य तिथीहरु समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथीलाई विशेष मानिन्छ । मघा तारा चाँही पितृहरुले वास गरेको तारा मानिन्छ, त्रयोदशी तिथीमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो ।
पितृ पक्ष अथवा महालय श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ, कुतुप र रोहिणी मुहर्तमा यि श्राद्धकर्महरु गरिनु अत्यन्त फलदायी भएको मानिन्छ, त्रयोदशी श्राद्धलाई काकवली अथवा वलभोलानी तेरस पनि भनिन्छ, तेरस अर्थात त्रयोदशी अर्थात तेह्रौ दिन हो । यस तिथीमा उमेर नपुगी मृत्यूवरण भएका बालबालिकाका लागि संझनास्वरुप श्राद्ध गरिन अत्यन्त फलदायी मानिन्छ, यस तिथीमा मृत्यूवरण भएका सकल पितृहरुको मोक्षको कामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: