विश्व हुलाक दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व हुलाक दिवस





यस विश्वमा केहि कुराहरु अत्यन्त क्लासीक अर्थात परम्परागत छन् र ती परम्पराअनुरुप त्यस्ता कुराहरुको महत्व सदासर्वदा अटल रहन्छन् । हुलाक पनि त्यस्तै एक कुरा हो, पत्र पठाउने, भावना अनि समाचार साटासाट गर्ने, पत्र मञ्जुषाको रौनक, पत्रमित्रताको चासो, फोटो अनि स्टीकर र पोष्कार्डहरु आज पनि उतिकै प्यारा छन् जति शताव्दीयौं अघि थिए ।

पोष्ट कोभिड विश्वको प्रथम हुलाक दिवसमा स्वागत छ, सन् २०२० को अक्टोबर ९, हुलाकको शुरुवाती दिनहरु भन्दा धेरै पृथक र अनौठो छ । आउनुहोस् आज हुलाकको पृष्ठभूमीमा कुरा गरौं ।
हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरागर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो ।

धेरैपरसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरुले आफ्नो जिवनकालनै विताएका छन्, आज उनिहरुको संझना गर्ने दिन पनि हो । गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटल हरु नभएके त्यतीबेलाको नेपालमा हलकारा अर्थात हुलाकीहरु लाई प्रथम ग्राहयता सहीत बसाइन्थ्यो । मान्छेहरुले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र प्रसा हरहिसाब गर्दा गर्दथे, सुस्तरि समाजको अवयवहरु परिवर्तन त भएको हो तर संरचना बिल्कुलै उस्तै छ ।

"ए हुलाकी दाई मेरो पत्र आएको छ" भनेंर सोध्न नपर्ला तर बिहान उठेर इन्टरनेटमा इमेल र मेसेन्जरहरु हेर्ने हामी बसैले गर्दछौं । पत्र र सन्देश उही हो केवल संवाहक र गतीशीलतामा परिवर्तन भएको त हो । हामी मध्य धेरैले भाषागत बिषयहरुमा पत्र लेख्ने अभ्यास र परीक्षामा पनि प्रश्नले मागे अनुसार बिभिन्न बिषयमा पत्र लेखेका छौं नि, हैन र ?

अझै पनि कतिपय शहर अनि ठाँउहरुमा पत्रमञ्जुसा लेखिएको पत्र हाल्ने रातो चुच्चोआकारको भाँडोहरु छन जहाँ नियमितरुपमा एकसमयमा हुलाकीहरु आएर पत्र लिएर जानेगर्दछन । विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातको मोवाइलले यो यूगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ । तर हुलाकको तस्वीर अनि मोह यो पुस्ताले कहिल्यै विर्सने छैन, स्कूले केटाकेटीहरुपनि स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् र यसरी चिठीलेख्दा प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चारआधारमा अभ्यास गराइन्छ ।

विश्व हुलाक दिवसको सबैलाई शुभकामना, ईतिहास वोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदोपुस्ताहरुलाई वताउन जरुरी छ , कि कसो ?

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.