ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

वडा दशैंको लगत्तै आउँने नेपालीहरुको अर्को महत्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ।आजबाट यमपञ्चक शुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरु रहेका छन्। आज धन त्रयोदशी अर्थात् धन्तेरस। विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामाग्रीहरु राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।