चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ। यस दिन चोखो नितो गरेर श्रद्दापुर्वक ब्रत बस्ने मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मित मान्यता रहेको छ।
एकदिन राजा युधिष्ठिरले भगवान कृष्णसँग सोधे ,"हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीको बारेमा वृतान्त बताइदिनुहोस" । युधिष्ठिरको प्रश्न सुनेपछि भगवान कृष्ण भन्नुहुन्छ "एकदिन रत्नपुर नामको सुन्दर ठाँउ जहाँ एउटा बिशाल सुनको महल थियो। त्यहि ठाँउमा एउटा नाग लोक थियो जहाँ भयङ्कर नागहरु बस्दथे। त्यो सुनको महलमा त्यसबेला क्रुर पुण्डरिक नामक राजाले राज गर्थे। राजा पुण्डरिकको सभामा केहि गन्धर्बले गाउथे भने केहि अप्सराले नृत्य गर्थे। त्यहि गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउथे। ललित र ललिताको प्रेम निक्कै चरम अवस्थामा थियो। तर, एकदिन गन्धर्व ललितले राजा सामु आफ्नो गीत गाउदै गर्दा आफ्नो प्रेमिका ललितालाई सम्झन पुग्दा आफ्नो सुर र ताल बिगार्न पुगे। सभामा भएका नागहरुले ललितले आफ्नो प्रस्तुति बिगारेको कुरा राजा समक्ष गएर सुनाइदिए, त्यसपछि क्रुर राजाले ललितलाई त्यो गल्तिको लागि राक्षस हुने सराप दिए। सराप पाएपछि ललितको अनुहारमा भयङ्कर परिवर्तन आयो, उनको रुप राक्षसमा परिवर्तन हुन् थाल्यो। आफ्नो प्रेमीको त्यो बिकराल रुप देखेर दुखित ललिता एकदिन घुम्दै एकजना ऋषिकोमा पुगिन। त्यहाँ ललिताले ऋषिलाई आफुमा परेको समस्या ब्यखा गर्छिन। तिनै ऋषिले ललितालाई चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीको ब्रत बस्ने सल्लाह दिन्छन। ललिताले चोखो नितो गरेर श्रद्दापुर्वक कामदा एकादशीको ब्रत बस्छिन् र यसबाट कमाएको पुण्य आफ्नो प्रेमी ललितको लागि अर्पिन्छिन। नभन्दै ललितको पिसाचरुपको नाश हुन्छ।”
त्यहि बेला देखि कामदा एकादशीको महत्व रहने गरेको छ।
Liked by: