ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाण्डौ पशुपतीको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रती किराँतहरुको अथाह श्रद्धाले यस समूदायलाई शिवप्रेमी समूदायका रुपमा पनि लिईन्छ ।

किराँत समाज सुधार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
किराँत धर्मगुरु तथा नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् ।