ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

कृषक अथवा किसान यस्तो व्यक्ति हो जसले आफ्नो जीवनको अमुल्य समय खेतबारी र उब्ज्यनी गर्नमै बिताएको छ। न त डाक्टरको जस्तो सुकिलो सेतो पोशाक न त वकिलको जस्तो टल्केको कालो पोशाक, माटो लतपतिएको लुगा लगाउने यी कृषकहरुको महत्व हामीले नबुझेको या बुझ्न नखोजेको त पक्कै हैन, तर संसारकै सबै भन्दा आदारभुत यो पेशालाई दिइनुपर्ने सम्मान अहिले को समाजले के दिएको छ त ?