ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

"अमला"लाई एउटा फलको रुपमा मात्र हेरेका हामी सबैलाई सायद यो कुरा थाहा नहुन सक्छ कि थुप्रै गुणहरुले भरिपूर्ण यो फलको धार्मिक मान्यता पनि उतिक्कै रहेको छ। "अमला" फलको वृक्षमा भगवान विष्णु र भगवान शिवको बास हुने धार्मिक मान्यता रहेको छ। त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान विष्णु र भगवान शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ। यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ।