Hp Kusmanda Nawami | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

कुष्मान्ड नवमी





"अमला"लाई एउटा फलको रुपमा मात्र हेरेका हामी सबैलाई सायद यो कुरा थाहा नहुन सक्छ कि थुप्रै गुणहरुले भरिपूर्ण यो फलको धार्मिक मान्यता पनि उतिक्कै रहेको छ। "अमला" फलको वृक्षमा भगवान विष्णु र भगवान शिवको बास हुने धार्मिक मान्यता रहेको छ। त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान विष्णु र भगवान शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ। यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ।

पुराणमा उल्लेख भए अनुसार आजकै दिन (कार्तिक शुक्ल पक्षको नवमी तिथि) भगवान विष्णुले कुश्माण्ड नामक दैत्यको वध गरेका हुन्। त्यसैकारण आजको दिनलाई कुश्माण्ड नवमी भनिएको हो। अमला भगवान विष्णुको प्रिय फल रहेकाले आज अमलाको विशेष महत्व रहेको हो। आजको दिनलाई अक्षय नवमी पनि भनिन्छ।

यो विशेष दिनमा अमलाको वृक्षबाट अमृतको थोपाहरु झर्ने मान्यता छ त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याद नष्ट हुने जनविश्वास छ। आज बिहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निक्कै फलदायी मानिन्छ। यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूर्ण पापहरु नष्ट भइ सबै मनोकामना पुरा हुने जनविश्वास रहेको छ।

कुष्माण्ड नवमीको शुभकामना।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.