महालक्ष्मी व्रतआरम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

महालक्ष्मी व्रतआरम्भ




महालक्ष्मी व्रत विधि विशेष अडियो सामाग्री

यासा पद्मा सनस्थां विपुलकटितटी पद्मपत्रायताक्षी
गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया।
या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः स्नापिता हेमकुम्भैः
सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्वमांगल्ययुक्ता।।


हरेक वर्ष आश्विन शुक्ल पक्षको अष्टमी देखि आश्विन कृष्ण पक्षको अष्टमी  सम्म १६ दिन धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरि व्रत बस्ने गरिन्छ। जसरी लक्ष्मी पूजाको दिन हामी सबै श्रद्दालुहरुले लक्ष्मी माताको शुद्ध चित्तले पूजा आराधना गरी आफुले चिताएको फल माग्ने गर्दछौ, त्यसै गरी नै आजको दिनबाट १६ दिनसम्म शुद्ध मनले माता लक्ष्मीको पूजा आराधना गर्नाले माता लक्ष्मी प्रशन्न भई चिताएको फल प्रदान गर्ने विश्वास रहि आएको छ। लक्ष्मी माताको प्रिय अङ्क १६ भएको हुनाले यो व्रत लगातार १६ दिन सम्म चल्ने धार्मिक मान्यता छ।

महालक्ष्मी पूजा विधि
अखिल ब्रह्माण्डनायिका महा लक्ष्मीजीलाई प्रसन्न पार्न आश्विन शुक्ल पक्षको अष्टमी देखि प्रारम्भ हुने सोह्र दिवसीय महालक्ष्मी महोत्सवमा प्रात: स्नानआदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ। यो पुजा साँझ गर्नुको पनि भिन्दै महत्व रहेको छ। महालक्ष्मी पूजामा धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, शौभाग्य, शृङ्गार, सिन्दुर, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, फूल,कमल फूल, माला आदि सरजाम मिलाई पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दाहिनेतर्फ रहेको घ्यूको दिप प्रज्वलन गरी दियोको आवाहन सहित सबै उपचारले पूजागरि फल, प्रसाद, दक्षिणा चढाउनु पर्दछ, १६ दिन सम्म अखण्डदिप पनि बाल्न सकिन्छ।

सम्पूर्ण सरजाम तैयार गरि तत्पश्चात् दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ । संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नम: भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने तत्पश्चात् इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न. पञ्चपल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिन्गोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ ।

महालक्ष्मी व्रतको पहिलो दिन मध्य भागमा कलश स्थापनागरि घडामाथी थालीमा अष्टदल बनाएर राख्ने र घडाको पूजा गर्ने र घडामाथी राखिएको अष्टदलमा महालक्ष्मीजीको प्रतिमा वा मुर्ति राख्ने र महालक्ष्मी पूजनको लागि हातमा रातोफूल रातो अक्षता लिएर ध्यान गर्दै चढाउने यदि प्रतिमा, मुर्ति वा फोटोको प्राणप्रतिष्ठा नभएको भए प्राणप्रतिष्ठा गर्ने र फूल अक्षता सहितले आवाहनगर्ने र कुशको आसन राखिदिने, "ॐ श्री महालक्ष्म्यै नमः" भन्दै पाध्य, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई दही, घ्यू र मह मिश्रित मधुपर्क तथा गंगाजलले स्नान गराई महालक्ष्मी मातालाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, अक्षता, वस्त्र, सौभाग्य चढाउनु पर्दछ तत्पश्चाट जौ, तिल, फूल,दुवो, कमलको फुल, माला, बेलपत्र, सहित सम्पूर्ण उपचारले पूजा गर्दै महालक्ष्मी माताको "ॐ श्री महालक्ष्म्यै नमः" भन्दै अङ्ग पूजनगरि धूप, दिप, नैवेद्य, फलफूल, पान, सुपारी, नरिवल, द्रव्यदक्षिणा अर्पणगरि महालक्ष्मीजीको आरती गरिसकेपछि रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ ।

यहि तरिकाले १६ दिनसम्म श्रद्धा एवं भक्तिले महालक्ष्मी जीको पुजा आराधना एवं उपाशना गर्नाले अवश्य पनि महालक्ष्मीजी प्रशान्न भई चाहेको फल प्रदान गर्नु हुनेछ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.