मोहिनी एकादशी व्रतकथा संक्षेप
बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महात्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ, सांसारिक मोहवाट छुट्कारा पाइन्छ भनेर नै यस वसन्त रितुको पान एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।
सरस्वती किनारमा एउटा राज्य छ जसमा एकजना चन्द्रवंशी राजा राज्य गर्दछन् । यसै राज्यमा एकजना वैश्य अर्थात व्यापारी बस्छ जसको नाम धनपाल हो र उ पुण्य कार्य अनि दानमा लागिपरेकै हुन्छ । धनपालका ५ छोराहरु छन् जसमा कान्छो छोरा पाप कर्ममा लागेको हुन्छ । जुवातास अनि वेश्यागमनमा उनी आशक्त छन् भने दुव्र्यसनमा पनि उनी उस्तै लालाहित छन् । धनपालले केही नलागेपछि आफ्नो मनमा पत्थ राखेरै भएपनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घरनिकाला गर्दछन् । भोजन र छतको अभावमा धनपालका कान्छा छोरा महर्षि कौडिन्यको मा पुग्दछन् । महर्षि कोडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धनपालका कान्छा पुत्रले आफ्ना आशक्तिवाट मुक्ति पाउछन् । यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिवाट मुक्त हुने भएकाले यस एकादशी बिशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्संगको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइएदियोस्, शुभकामना ।
वृष संक्रान्ति
लाग्यो है आजवाट जेष्ठ महिना, हरेक महिनाको प्रथम दिन सक्रान्तिहरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र आजको सक्रान्तिको पनि यसै हिसाबले धेरै महत्वपूर्ण रहेको लाकोक्तिहरु छन् । विहान विहान राशी चक्रअनुसार टिभी या रेडिया, मोवाईल या पत्रिकामा राशीफल चाल पाँउदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशीसम्म पुगेर १२ वटा राशीका फलहरु अन्त्य हुन्छ । यी कुराहरु अनि राशी चक्र महिनासँग समबन्धीत हुन्छन्, यसअर्थमा आज सूर्य मेष अर्थात पहिलो राशीवाट वृष अर्थात दोश्रो राशीमा प्रवेश गर्दैछ ।
सौर्यमान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष संक्रान्ति भनिएको हो । यस वर्षको वृष संक्रान्तिमा हामीसबैलाई स्वागत छ । जेष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला वादलहरु लगायत पश्चिमी हावाहरु खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?
जेठ अथवा जेष्ठ जे भनेपनि यो महिना भनेँ वडो गज्जबको महिना हो, असारका रोपाँईकालागी धानका विऊहरु छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नकालागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरु, बाँसका कलिला मुनाहरु अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरुको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।
अन्तर्राष्ट्रिय परिवार दिवस
हाम्रो पात्रोका हामीसबै प्रयोगकर्ताको परिवारका सदस्यहरु लाई पनि परिवार दिवसको शुभकामना छ है ।
अब कुरा गरौ हामीसबैका परिवार अनि पारिवारीक कुराहरुको । सामान्यतया बूवा, आमा, छोराछोरी, काका काकी, ठूलोबुवा ठूलीआमा र हजुरबुवा, हजुरआमा मिलेर एउटा औसत नेपाली परिवार बनेको छ । बिस्तारै विकासक्रमले संयूक्त परिवारलाई क्रमशः एकल परिवारमा रुपान्तरण र प्रतिस्थापित गरेको भएतापनि परिवारको स्वरुप जेजस्तो होस् तर पारिवारीक मुल्य मान्यता भने आँउदो पुस्ताकालागी अत्यन्त जरुरी पाठ हो । प्रारम्भीक वाल्यकाल शिक्षा र वालवालिका र यूवा मैत्रि पारिवारीक वातावरणको वकालत गर्दै आज विश्व भरि परिवार दिवस मनाईन्छ ।
आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि चर्चा र जागरण फैलाउदछ, आजको दिनले । ब्यक्तिहरु मिलेर बनेको परिवार अनि परिवारहरु मिलेर बनेको समाज अनि समाजहरु मिलेर बनेको देश, आजको दिनले देशको समग्र परिवर्तनमा परिवारको भुमिका अनि त्यसबाट संसारको रुपान्तरणको पैरवी गर्दछ ।
परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाँउदछ, परिवार र समुदायमा मात्र सिमीत नभईकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि आजको दिनले सन्देश दिन्छ । आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यक्ता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत रुपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यक्ता पनि त हो । समावेशी परिवारका लागि पारिवारीक शिक्षा पनि अत्यन्त महत्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टीभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्व झल्काउने काम गरिन्छ ।
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रुपमा संयूक्त राष्ट्रसँघको आब्हान अनुरुप मनाईन थालिएको हो ।
नेपालमा पनि क्रमशः वढ्दो आधुनीकता अनि विकासक्रम सँगै पारिवारीक मुल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् र त्यसमाथी अहिले परिवारका मुल ब्यक्तिहरु जिविकोपार्जनकालागी विदेश जाने क्रम वढ्दा्े भएपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । यो विषम परिस्थितीमा पारिवारीक मुल्य, अपनत्व, सदभावना, एकता अनि समानता हामीसबैले बुझ्न जरुरी छ । परिवार, समाज अनि देशको स्वरुप हरेक यूगमा परिवर्तन हुँदै आएको छ। आफ्नो परिवारको सोच अनि आदर्शलाई फराकिलो पार्दे जिवन वाँच्नुको परिवेश ठूलो पार्न सकौँ । चाहिने कुरामा सबै सदस्यको मान रहोस्, अनावश्यक कुरामा परिवारभित्र कोहीसँग कोही नडराओस्, बैमनस्यता नहोस् अनि प्रजातन्त्र परिवार भित्रपनि कायम होस् । सबै बूवा, आमा, दाजुभाई, दिदिवहीनीमा शुभकामना , विश्व परिवार दिवसको
सुयोग ढकाल
Liked by: