हिन्दू धर्मशास्त्रमा एकादशीको ठूलो महत्व रहेको हुन्छ । बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला एकादशीको ब्रतको फल ठुलाठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी ब्रतको अनुकम्पा सयौं महायज्ञहरुभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरुबाट मुक्ति र कल्याणको एकादशीको रुपमा पनि लिइन्छ ।
एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधीपूर्वक पूजा गरिन्छ । पूण्य मन्त्रहरुद्वारा देवदेवेश्वरहरि बिष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको ब्रतपछि गूरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ । अरु एकादशीमा झै सफला एकादशीमा पनि सात्विक आहार व्यवहार गरी ब्रत बस्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ । भोलीपल्ट द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यसप्रकार सफला एकादशी ब्रत विधी पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यस एकादशीको ब्रत बस्ने सवैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नुभएको
सबैभन्दा छोटो दिन
एक वर्षमा ३६५ दिन हुन्छ, त्यस ३६५ दिन भित्र सुर्य चन्द्रमा लगायत सबै ९ ग्रहले आ-आफ्नै समय अनुसारले सौर्य मण्डलमा परिक्रमा गरिरहेको हुन्छ। त्यस अन्तर्गत विशेष गरि अहिले हाम्रो चलन चल्तीको दिन तथा गतेहरु सुर्यको गतिलाई आधार मानेर निर्धारण भएका हुन्छन् । वर्ष दिन भरिमा पर्ने दिनहरु मध्य हामि सबैले जाने बुझे अनुसार जाडोयाममा छोटा दिनहरु हुन्छन् भने गर्मि महिनामा लामो दिन हुन्छन्।
यसवर्ष असार ६ गते वर्षकै लामो दिन भएको थियो भने आज अर्थात पुष ६ गते सबै भन्दा छोटो दिन परेको छ। आजको दिन पृथवीमा सुर्यको प्रकाश सबैभन्दा थोरै समयको लागि पर्ने गर्दछ। आज बिहान सुर्योदय देखि सुर्यअस्तसम्म वर्षका ३६५ दिन मध्य आजकै दिन छोटो समय मात्र पृथ्वी उज्यालो हुने गर्दछ। आजको दिन देखि अब आउने दिनहरुमा दिनहरु बिस्तारै लामो हुने गर्दछन्। यो क्रम तबसम्म चलिरहन्छ जबसम्म सबै भन्दा लामो दिन फेरी आउदैन र त्यो दिनपछि फेरी दिनहरु छोटो हुन थाल्छन्।
Liked by: