आज ३० जुलाई अर्थात अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुष हरुलाई समेत गलत कार्यहरु जस्तै श्रम, यौन जस्ता कार्यमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ। कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो। हरेक बर्ष झै यस बर्ष पनि संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानस हरुमा सचेतना फैलाउन आज को दिनमा यो दिवस मनाउदै छ ।
गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदारहणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने नीति अपनाउनु पर्दछ ।
नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन । मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाउ ।
अन्तर्राष्ट्रिय मित्रता दिवस
सुदामाले कृष्णलाई सोधे
कृष्ण, मित्रताको मतलब के हो
कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात मतलब या भनौं स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुनकालागि निस्वार्थ हुन जरुरी छ ।
आज संझना गरौं न, कक्षाकोठामा सिसाकलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पती साटदासम्म साथ दिएका लिएका मित्रहरुलाई । इजांर या इलास्टीक खुकुलो भएको कट्टु समाँउदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालका कुरासम्मको साथको आज चर्चा गर्न चाह्यौं । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथीएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरुमा सहृदय र सदभाव भएका मित्रहरुको पाइलाका डोबहरु यादगार रहनेगर्दछ ।
घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि बिभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैब हुने गर्दछ । बास्तवमा संसारले प्रेमलाई झैं मित्रतालाई पनि आफ्ना साहीत्य, कला अनि कथनहरुमा उत्तिकै महत्व दिएको छ, मित्रताका बारेमा धेरै चलचीत्र, गीत, कथा अनि कविता कथीएका छन् ।
नारायण गोपालले पनि यसै बारणले बडो गज्जबले गाएका छन्, एउटा मान्छेको मायाले कति फरक पर्दछ जीन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जीन्दगीमा भनेंर । त्यसपछि पनि धेरै गीतहरु मित्रताको भावना अनि मर्म बोकेकै भरमा चर्चीत र कालजयी बनेका छन् । दुना र टपरीदेखी माटो र ढुगांसम्मको मित्रताका गाँथाहरु अनि फुल र काँढाका पनि मित्रताका गाँथाहरु हामीले जानेका र बुझेका छौं, हैन र ?
लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरु देखी भागेर फिल्म हेर्न गएकाहरु सम्म, लुगा साटासाट गरेका जिग्रीहरुदेखी कपी साटेका पढन्तेहरु सम्म, अनेक रुप र स्वरुपका मित्रहरु हाम्रो बाल्यकाल, बयस्क अनि बुढेसकाल गर्दै जीवनैभरि गाँसिएका हुन्छन् ।
मदर टेरेसाका शब्दमा भन्न चाह्यौं
आफ्ना मित्रलाई सिद्ध हुन भनेंर आश नराख बरु आफ्ना मित्रका कमीकमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर । यसअर्थमा हामीहरुले मित्र अनि संगतबाट पनि धेरै कुराहरु सिकेका हुन्छौं । अर्कोतर्फ सत्य अनि सही मित्रहरु छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाँउमा छ, सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायीत्व पनि त हो ।
साथीहरुसंग खेल्न र बोल्न पाँउदा कैयन ज्वरो, दुखाई, बेथिती अनि उकुसमुकुसहरु हराउदछन् । कुनै चलचीत्र हेरेपछि साथीहरुसँग त्यसको बारेमा गरिएका बखानहरु, मनपर्दो कलाकार अनि गायकका बारेमा गरिएको कुराकानी, गुच्चा खेल्दाका घच्ची पिलाउने खाल्डाहरु, जितेका अनि हारेका रबरव्याण्डहरु अनि सँगै कुखुरा बनेका कक्षाकोठाहरु सबैले मित्रताको अनेकन पल अनि परिभाषाहरु व्याख्या गर्दछन् ।
बुढा, तरुना, बच्चा लगायत हरेक उमेर समुहका हरेक उमेर समुहसँग मित्रता हुन सक्दछ । मित्रता उमेर र बर्ग भन्दा कोशौं पर छ । हरेक बर्षको अगस्त महिनाको प्रथम आइतबार बिश्वभरि मित्रताको महाकुम्भ लाग्नेगर्दछ, मित्रता दिवसका रुपमा यस दिनमा सबैले आआफ्ना मित्रहरुलाई सन्देश पठाउने, भेट्ने, सम्बन्ध सुधार्ने अनि केही उपहारहरु साटासाट गर्ने चलन छ ।
यसक्रममा मित्रताको हाते धागो अर्थात फ्रेन्डशिप व्याण्डको चलन बहुप्रचलीत छ । नेपालमा पनि बिभिन्न प्रकारका कार्यक्रम, भेटघाट र उत्साहका साथ यस दिन मनाइन्छ है । सँगै पढेका, संगै काम गर्ने, संगै भएका या नभएका सम्पूर्ण मित्रहरुलाई आफ्नो माया जागृत गर्नुहोस् । मित्रता छ र त संसार यति मिठो छ , हैन र ?
झगडा, बैमनस्यता परेको छ भनें मित्रता दिवसमा पानीको भेलले बगाएको फोहोरहरु झैं सिनित्त बगाएर सकाउनुहोस् । तँ भनियोस या तपाई भनियोस या तिमी भनियोस् ? साथी भनेंको हृदयको एैना हो, यस समबन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस ।
राम्रो साथी बन्न र बनाँउन लागीपरौं, जय होस् ।
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: