Human Space Flight | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस





सन् १९६१ को अप्रिल १२ मा युरी गागारिनले प्रथम पटक अन्तरिक्ष यात्रा गर्दै पृथ्वीको एक चक्कर काट्न सफल भएका थिए। यो एतिहाषिक सफलताको ५० बर्ष पुरा भएको खुशीमा सन् २०११ को संयुक्त राष्ट्र संघको साधारण सभाले अप्रिल १२ लाई यो सफलताको उत्सव मनाउन अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाउन शुरु गरेको हो। युरी गागारिनले भस्टक १ नामक अन्तरिक्ष बिमानमा १०८ मिनेट लामो यात्रा आजकै दिन सन् १९६१ मा पुरा गरेका थिए। यहि दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो।

आजको दिनले मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्त्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ। आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ। युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यसबेला विभिन्न सम्मानहरु प्रदान गरिएको थियो, उनले यहि योगदानको लागी "हिरो अफ सोभियत यूनियन" शिर्षकले सम्मानित गरिएको थियो। संयुक्त राष्ट्र संघको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको संकलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.