जीबनमा परिवारको महत्वको स्मरण गर्दै हरेक बर्ष मे १५ तारिखका दिन बिश्व परिवार दिवस मनाउने गरिन्छ | संयुक्त राष्ट्र संघले सन १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरेपछि विश्वभर परिवार दिवस मनाउन सुरु भएको हो । व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्र संघले शुरु गरेको अभियानलाई निरन्तरता दिंदै सन् १९९५ देखि हरेक वर्ष मे १५ तारिखमा परिवार दिवस मनाउने गरिएको छ | विश्वका लाखौं मानिसले सम्मानित पेशामा कायम रहने अवसर नपाईरहेको र उनीहरुको परिवारलाई समय र आर्थिक रुपमा सहयोग गर्न नपाईरहेको अवस्थामा दिवसले महत्वपूर्ण अर्थ राख्ने उहाँको भनाई छ | महासचिव बानले परिवार र समाजको हितका लागि काम र परिवारबीचको सन्तुलनलाई बढावा दिने प्रतिज्ञा गर्नुपर्नेमा पनि जोड दिनुभएको छ | प्रतिस्पर्धी समाजमा आर्थिक सम्पन्नताका लागि कामका पछि दौडिने प्रवृत्ति बढ्दै गएकाले समाज र परिवारसंग व्यक्ति टाढिंदै गएको भन्दै समाजशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् | व्यक्तिलाई जीवन निर्वाहका लागि आवश्यक रोजगारी भए परिवार र समाजसंग सम्पर्क रसम्बन्ध नटुट्ने भन्दै उनीहरुले सम्मानित रोजगारीमा जोड दिएका छन् |
Liked by: