विश्व जनसंख्या दिवस | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व जनसंख्या दिवस




नेपालको कूल जनसंख्याकाे करिव ६१ प्रतिशत सक्रिय जनसंख्या रहेकाछन् जो १५ देखि ६४ बर्षका उत्पादनशील उमेरका नागरीकहरु हुन् ।



सन् २०१७, जुन ११

सन् १९८९ बाट हरेक बर्ष बिश्वभरिका जनसख्याँका मुद्धाहरुलाई सम्बोधन गर्ने हेतुले बिश्व जनसख्याँ दिवस हरेक बर्षको जुन ११ मा मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुन ११ तारिखका दिन बिश्वको जनसख्याँ करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन सम्मीटले यस दिवस मनाउने घोषणा गरेको हो । अहिले आएर बिश्वको जनसख्याँ ७ अरब पुगेको र अझै बढेको अनुमान गरिएको छ । एक अध्यनका अनुसार सन् २०१७ अप्रिल २४ तारिखका दिन बिश्वको जनसख्याँ साँढे ७ अरब पुगेको देखाएको छ , साँढे ७ अरब जनसख्याँ भएको यो ग्रहमा हामीसबैलाई स्वागत छ ।
जनसख्याँ बृद्धि बास्तवमा अवसर हो या चुनौति भन्ने बिषयमा बिवाद शुरु हुन थालेको छ, बिसं २०५६ सालमा नेपाल सरकारले बिधालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसख्याँ बृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्य धेरैलाई पढाइएको पनि छ ।
तर सँधै जनसख्याँ बृद्धि नकारात्मक पनि हुँदैन्, अहिले बिश्वका बिकसित भन्दा बिकसित मुलुकहरुमा जनसख्याँ बृद्धि नकारात्मक बिन्दुमा पुगेकाले डरमर्दो अवस्था छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, बिकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो ।
जनसख्याँ थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ तथापि बिकास अनि समृद्धिकालागि चाहिने जनशक्तिको पूर्णता पनि जनसख्याँले नै गर्ने त हो ।
बिश्वको शक्तिकेन्द्र मध्य एक चीनले पनि भर्खरै जनसख्याँको यसै महत्व बुझेर एक सन्तान प्रणाली लागु गरेको छ, जापानमा पनि बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरुको हबीगत यस्तै छ ।
नेपाल, भारत र बगंलादेशमा भने पपुलेशन बोनस भएको मानिन्छ, यसको अर्थ कार्यशिल जनसख्याँ अर्थात १६ देखि ४९ सम्मका जनसख्याँ कुल जनसख्याँको ६० प्रतिशत भन्दा बढि हुनु हो । यि जनश्रोतलाई राम्ररी प्रयोग गर्न सके बिकास पर छैन तर दुर्भाग्य नेपाली जनशक्तिहश्रको पसिना स्वदेश भन्दा बिदेशमा बढि चुहिरहेको छ । दोष जानेको भन्दा पनि जानपर्ने बाध्यता सिर्जन ागर्नेको गरिन्छ ।
खाडीको मरुभुमीमा हरियाली बनाँउन सक्ने नेपाली पसिनाले आफ्नै हरियो देशलाई कहाँबाट कहाँ पूर्याँउन सक्छन होला, तर संभावनाको शब्दमा मसि चोपिएको कहाँ छ र ?
यस बर्षको नारा Family Planning: Empowering People, Developing Nations भन्ने रहेको छ । परिवार नियोजन, ब्यक्तिगत सशक्तिकरण र समृद्ध राष्ट्रकालागि भन्ने अर्थ यस बर्षको नारा हो । परिवार नियोजन भन्ने बित्तिकै थोरै सन्तान जन्माउने या जनसख्याँ नियन्त्रण मात्र पनि हैन, परिवारको चौतर्फि बिकास अनि समृद्धिकालागि सोच्नपर्ने हरेक प्रकारका कुराहरु परिवार नियोजन भित्र रहन्छ भनेर बुझ्न जरुरी छ ।
अर्कोतर्फ अहिलेपनि २ करोड भन्दा धेरै महिलाहरुले गर्भनिरोधक साधनको सुरक्षित प्रयोग नगरेको तथ्याकं पनि छ । यस्ता कुराहरुमा हामी सबै अनि सरोकारवालाहरुको ध्यान आज जाओस् ।
मानव बस्तीमा थोरै बच्चाहरुको सख्याँले समृद्धि जनाँउन सक्दैनन तर भएका बच्चाहरुको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ दिनसक्ने गरि परिवारको योजना गर्नु बुद्धिमत्ता हो ।

 सन्तानले डाँडाकाँडा ढाकुन भन्ने उक्तिलाई परिमार्जन गर्दै सन्तानको यश र कृतीले डाँढाकाँढा ढाक्न सक्ने गरि शिक्षा दिक्षा र लालनपालन गर्न सक्ने गक्ष सबैको होस् ।
बुवा, आमा, दाई, दिदि, बहिनी, भाई, काका, काकी, हजुरबुवा, हजुरआमा लगायत सम्पूर्ण नातागोता अनि साथीभाईहरुमा आजको दिवसको शुभकामना । हामी छौं र त संसार छ


हाम्रो पात्रोकालागि सुयोग ढकाल




Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.38
  • 129.06
  • UK pound sterling
  • 146.58
  • 147.35
  • Swiss franc
  • 113.07
  • 113.66
  • Australian dollar
  • 81.23
  • 81.66
  • Canadian dollar
  • 85.84
  • 86.29
  • Singapore dollar
  • 83.77
  • 84.22
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.63
  • 3.65
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.21
  • 17.3

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम