अन्तर्राष्ट्रिय जैविक विविधता दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस




अन्तर्राष्ट्रिय जैविक विविधता दिवस बिशेष अडियो सामग्री

यस वर्षको मे २२ पनि अरु वर्षहरु झै विश्व समुदायले जैविक विभिदता दिवसका रुपमा मनाँउदैछ ,आउनुहास आज यसै परिपेक्ष्यमा वात मारौ ।

जैविकविविधताको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ । सन् १९९२ मे २२ माब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधतामहासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविकविविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णय नम्बर ५५र२०१ लेथप अंगिकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसकारुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक बर्ष मे २२ का दिन विश्वभर जैविक विविधतादिवस मनाइदै आएको हो ।

कानुनत नेपालमा भनेँ जैविक विभिदतालाई वातावरण संरक्षण ऐन२०५३ अनुसार ब्याख्या गरिदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगतप्रणालीको विविधता भन्ने बुझिन्छ ।

मान्छे स्वभावले नै विभिदता मनपराँउदछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाँउ, घर अनि खाना मनपर्दछ , नयाँ कुराहरु गर्न रुचाँउदछ अनि नयाँपन विभिदताले गर्दा मात्र संभव छ । यिनै विभिदताका कुराहरुमध्य आज जैविक विभिदताका कुरा गरौ न । भुपरिवेष्ठित देशका मान्छे समुन्द्र देख्दा रमाँउदछन अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विभिदतामा रमाउने । त्यसैले त हरेक मान्छे भित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरुभुमीमा बसोवास गर्ने मान्छे हिमाल हेर्न नेपाल आँउदछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विभिदता, प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन र यदि नेपालसँग यी जैविक र भौगोलिक विभिदता नहुने भए यहाँ पर्यटकहरु आँउदैन थिए पनि होला । तसर्थ पनि जैविक विभिदतालाई पर्यटनसँग जोडेर हेरिन्छ ।

यहाँ छोटो दुरिमा धेरै भौगोलिक संरचना, भिन्नभिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरु छन् । पहाड रहिमाली क्षेत्रमा उत्तर(दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरिमात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतीक माहौलमा पुगिन्छ, जैविक विभिदता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्युनतम उचाई ६० मिटरको झापा जिल्लाको केचना र अधिकतमउचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा२ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढि रातिउडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजारबढि फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुँसी र३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै३० वटा भन्दा बढि छ । सुनगाभारसुनाखरी परिवारका ३ सय ६३ भन्दा बढि प्रजाति छन् ।सम्पूर्ण युरोपको भू(भागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् ।पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढि प्रजातिकाअन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातीको खेति गरिन्छ । 

यी विभिदताहरु सदा सर्वदा कायम हुन् र तिनको सँस्थागत संरक्षण र पर्यटन अभिवृद्धिकालागी सरोकारवाला र समुदायको उल्लेखनिय भुमिका होस् । जैविक विभिदता छ र हामी छौ, नेपाली हावा, पानी, माटो, आकाश र वतासको जय होस् ।
सबैलाई शुभकामना

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.