भीमा एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

भीमा एकादशी





माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ । भीमा एकादशीको ब्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ ।

कलियुगमा भगवानको नाम जप्नुलाई नै सवैभन्दा ठुलो यज्ञ अथवा धार्मिक कार्यका रुपमा लिइन्छ । एकादशीमा भगवान बिष्णु नाम लिने तथा आराधनाको महत्वपूर्ण दिन हो । अरु एकादशीका दिन झैं भीमा एकादशीका दिन पनि रात्री जाग्राम बस्ने र बिष्णुको किर्तन गर्ने गरिन्छ । भीमा एकादशीका दिन भगवान बिष्णुलाई धुप, दिप तथा नैवेद्यले पूजा गरी खिचडी पकाएर चढाउने धार्मिक परम्परा रहेको छ ।

कुन्तीपुत्र अर्थात पाँच पाण्डव मध्येका माइला भीमसेनले समेत ब्रत बसेका कारण यस एकादशीको नाम भीमा एकादशी हुन गएको पौराणिक वर्णन गरिएको छ । भीमले एकादशीको ब्रत बसेका कारण सवै पित्रृ ऋणहरुबाट मुक्त भएको गरुढ पुराणमा उल्लेख गरिएको छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्टपत्निले पति, अधर्मले धर्म, कुमन्त्रीले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्घाले श्रद्धा, असत्यले सत्य, उष्णताले शितलता, अनाचारले सम्पति, विष्मयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्दछ- ठिक त्यस्तै विपरित भीमा एकादशीको ब्रतले सवै पापहरुलाई त्यसैगरी नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्घि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । भीमा एकादशीको ब्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरुपत्नि गमन जस्ता पापहरु नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सवै तीर्थहरु पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमा एकादशीको ब्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरुभन्दा ठुलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्मे ठुलो मानिएको छ ।

भीमा एकादशीका दिन बिष्णुरुपि वराहदेवको स्वर्णप्रतिमा बनाएर ताम्रपत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दिप प्रज्वलन गरी "ॐ वराहाय नम:" मन्त्र उच्चारणगर्नु अझ फलदायी मानिन्छ । यसरी गरिएकोवराह पूजाले समस्त मानव प्राणी 'पित्रृ, गुरु र देव' तीनै ऋणबाट मुक्त हुने उल्लेख गरिएको छ।

----------

- हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको



यसमा तपाईँको के प्रतिक्रिया छ?


25 Likes

5 Dislikes

0 loading..
प्रतिक्रियाहरु27 Liked by
Liked by
0 /600 characters
Nirmala Kumari ६ बर्ष अघि
🌹⚘🌹⚘⚘🌹🌹❤❤om
1 REPLY  LIKE1  DISLIKE
Prameshwar Mahato ६ बर्ष अघि
ok
 REPLY  LIKE1  DISLIKE1
Satya Duwal ६ बर्ष अघि
naag ko seer kata tira pharkya xa?
 REPLY  LIKE1  DISLIKE
Sunnya University ६ बर्ष अघि
नेपाल संवत् लाई पनि डिस्प्ले मा देखाउनु पर्‍यो हजुर
1 REPLY  LIKES3  DISLIKES
chandan bhagat ६ बर्ष अघि
Hari Om namo Narayana namo
1 REPLY  LIKE1  DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.