काल भैरव जयन्ति | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

काल भैरव जयन्ति



अत्यन्त कालो, विशाल अजंग रुप, अंगार जस्तै आँखा, कालै बस्त्र, रूद्राक्षका मोटा-मोटा माला, हातमा फलामको भयानक दण्ड बोकेर कालै कुकुरमाथि सवार हुने मृत्युभय युक्त देवता महाभैरवको आज पूजा गरिंदैछ । पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ । विशेषगरी भैरवको पूजा तन्त्र विद्याद्वारा मात्रै सम्पन्न गरिन्छ । तन्त्रका साधकहरुले आफ्नो अन्तिम लक्ष्य भैरवभाव प्राप्त गर्नु हो भन्दछन् र चलाचल मृत्यूभन्दा माथिका भंगिमा हाँसिल गर्नुलाई मात्रै साधनाको सफलता ठान्दछन् ।शिव पूराणमा उल्लेख भएअनुसार भूत, प्रेत, पिशाच सहितका सवै कठोर गुणयुक्त पात्रहरु शिव सैन्यका सवैभन्दा अन्तिम दस्ता हुन् । जति पनि रोग, मृत्यू, प्रलय तथा आपत्ति विपत्तिका प्रकृति र प्रवृतिहरु छन्, ति सवैको अन्तिम नेतृत्व शिवजीका तिनै सैन्यदस्ताले गर्दथे र भैरव ति सवैका अधिपति अथवा सेनानायक थिए । त्यहि भएर सवै प्रकारका भयहरुले युक्त भएकोले भैरव अवथा काल भैरव भनिएको हो । सवैभन्दा रौद्रभाव हुने भएकोले संगीतमा पनि भैरव राग हुने गर्दछ ।

भैरव शब्दको खास अर्थ भीषण, भयानक, डरलाग्दो भन्ने हुन्छ । शिवबाटै उत्पन्न भएको हुनाले भैरवलाई शिवपुत्र मानिन्छ । भगवान शिवका विभिन्न आठ रुप मध्ये भैरव एक रुप हो । मंसिर कृष्णपक्षको सप्तमी तिथिको अन्त्य भएर अष्टमी लागेकै बखत त्रिनेत्रधारी महादेवका अंशका रुपमा भैरवको जन्म भएको पौराणिक कथन रहेको छ । त्यसैकारण यस दिनलाई काल भैरवाष्टमी पनि भनिन्छ । भैरवलाई कलियुगका जागा देवताका रुपमा पूजा गरिन्छ । भक्तिभावले भैरवको स्मरण गरेमात्रै पनि मानिसका समस्याहरु हटेर जाने विश्वास गरिन्छ । भैरवको आश्रय लिएको खण्डमा मानिस निर्भय हुने बताइएको छ । नेपालमा मल्लकालमा काठमाडौंका बासिन्दाले नागार्जुन पहाड उत्खननगर्दा काल भैरवको मुर्ति भेटेर काठमाडौको वसन्तपुर दरबार क्षेत्रमा ल्याई प्रतिस्थापन गरेका थिए । काल भैरव राखिएको त्यहि ठाउँ भैरवस्थान भनेर चिनिन्छ । मल्लकालको अन्त्यतिर भैरवलाई न्याय र अन्यायका प्रतिमूर्तिका रुपमा प्रयोग गरिन्थ्यो । अपराधीलाई काल भैरवको मुर्ति अगाडि लगेर अपराध कबुल गराइन्थ्यो । अपराधीले गलत बयान दिएमा उसको भैरवको मुर्तिको अगाडि पुगेपछि रगत छादेर आफैं मृत्यु हुने जनविश्वास रहेको थियो । काल भैरवको पूजाआराधना भोग बलिद्वारा मात्रै गरिंदै आएको छ । तर पछिल्ला दिनमा जस्तोसुकै भए पनि बलि दिनु अमानवियता भएको भन्दै भैरवलाई नरिवल फोडेर पूजा गर्ने चलन बढेको छ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.