ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

जेष्ठ ५ गते म इजाजत नलिइ जान्न भनेर सञ्चार मन्त्रालय ढुकि बसें । साँझ अफिस सक्किएको आधा घण्टा पछि एकछिनमा श्रव्य दृष्यको श्रेष्ठ थरका उपसचिवले तिमिहरूले युद्ध जित्यौ भन्दै दक्षिण एसियाको पहिलो रेडियोको लाइसेन्स मेरो हातमा थमाए । त्यसपछि त २०५४ जेष्ठ ९ गते आम निर्वाचन अगाडि नै इजाजत पछिको परिक्षण प्रशारण प्रारम्भ भयो दक्षिण एसियाकै प्रथम सामूदायीक रेडियो 'रेडियो सगरमाथा १०२.४ मेगाहर्ज' ।

विश्व रेडियो दिवस | कुम्भ संक्रान्ति
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले 'विश्व रेडियो दिवस्' को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान छ रेडियोको ।