लोकतन्त्र दिवस / सीता जयन्ती | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

लोकतन्त्र दिवस / सीता जयन्ती




लोकतन्त्र दिवस बिशेष अडियो सामाग्री

६२र ६३ को जनआन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुलाई सर्वप्रथम सझंना, प्रजातन्त्र सेनानी सबैजना प्रजातान्त्रीक योद्धाहरु, विचारकहरु अनि जनयूद्धमा प्राण गुमाएका सपुतहरुलाई श्रद्धासुमन् । सबैजनाको महान वलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १२ औँ लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन, नेपालीहरुमा शुभकामना । 

राजसँस्थाको पारिवारीक र जहानिँया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन( देशभर १२औं लोकतन्त्र दिवसका रुपमा भव्यताका साथ मनाइँदैछ । २०६२ र६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो ।

जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै ुजनताको नासो जनतालाई नै दिएँु भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो । यस दिनको महत्वलाई आत्मसाथ गर्दै अनि लोकतन्त्रको रक्षार्थ पैरवी गर्नकालागी आज नेपालमा सार्वजनीक विदा हुनेगर्दछ । 

६२ अनि ६३ कोआन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्वपूर्ण घडिका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते "नेपालको संविधान(२०७२)" जारी हुन सफल भयो । 

वर्षौसम्म राजसँस्था पद्धतिमा देशको मुख्य शाषक राजा रहने ब्यवस्था थियो । ४६ सालपछी संबैधानिक राजतन्त्रको स्थापना भएतापनि राजसँस्थाको वर्चस्व विभिन्न प्रकारमा शाषन पद्धतीमा रहिनैरहेको थियो । 
देशको शाषन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामीमध्य जो कोहीले पनि राष्ट्रपती हुने संभावना बोकेका छौ । आजको मितीमा संघीय गणतान्त्रीक नेपालको दोश्रो राष्ट्रपती, नेपाली जनताकै छोरी महामहीम राष्ट्रपती विधादेवी भण्डारी पदासीन हुनुहुन्छ । आजको दिन महामहीम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ । 

यस अवसरमा चोक चौताराहरुमा दिप प्रज्वलन, नगर तथा टोल सरसफाई, प्रभातफेरी र प्रवचन, जनआन्दोलनका शहीदहरुको सम्झना र घाइते तथा उनीहरुका परिवारलाई सम्मान गरिंदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशिल दर्जनौं संघसंस्थाहरुले खबरदारी सभाहरु आयोजना गरेका छन् । उनीहरुले ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यन्वयनका लागि सरकार समक्ष माग गरेका छन् । 

हुन त गएको वर्ष २०७४ साल नेपाली लोकतन्त्र सस्थागतताका लागि अत्यन्त स्मरणयोग्य वर्ष बन्न पुगेको छ, ३ चरणका निर्वाचनमा नेपालीजन ले स्थानीय, प्रादेशिक अनि प्रतिनीधीसभाका नेतृत्व चयन गरेका छन् । धेरै पछि लोकतन्त्रान्त्रमक नेपालले निर्वाचीत बहुमतको सरकार पाएको छ अनि संगै चुलिएका छन् लोकतन्त्रप्रतिका नेपाली अपेक्षाहरु । आँउदा वर्षमा नेपाली भूमिमा लोकतन्त्रको सकारात्मक चर्चा अनि असल प्रभाव कायम रहोस् ।

सामन्तवाद, गैरराष्ट्रवाद भनिए पनि सामन्तिका ढुकुटी फुट्नै सकेन । गरिव झन गरिवै नै रहे । जनआन्दोलन पश्चात नागरिकहरुमा पलाएका आशाहरु निराशामा परिणत हुँदै गए । सरकार बदलिन्छन् तर प्रवृत्ति उस्तै छन् । शहिद र घाइतेका परिवारहरुका पिडा उस्तै छन् ।
लोकतन्त्रलाई सच्चा अर्थमा लोकतन्त्र साबित गराईयोस्, छोराछोरीलाई विदेश पठाएर ल्याएको ज्यालालाई रेमिट्यान्स या विपेष्रण जे भने पनि, दिगो हुँदैन । नेपालीहरु ज्यालादारी गरेर कमाउन जाने मजदुर मात्र हैनन, विश्व परिपेक्ष्यमा नेपालीहरुको गहकिलो उपस्थितीलाई लोकतन्त्रले उजागर पनि त गर्न सकेको छैन । न्याय र समृद्धीको वास होस् । हरेक चुल्होमा आगो बलोस्, आँगनमा फुल फूलोस अनि मनमा नेपालीपन होस् । 

लोकतन्त्र दिवसको शुभकामना !!

सीता जयन्ती

बैशाख शुक्ल नवमी एउटा पावन नवमी हो जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरुप नै मानिने सीताको जयन्ती मनाइने गरिन्छ । 


सीता माताको बिवाह रामसंग त्रेतायूगमा भएको हो । मिथीला, जानकी, रामनन्दनी लगायत सीताका अन्य धेरै नामहरु छन् । अहिलेको नेपाली भूभागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रुपमा सीतालाई मानिन्छ तथापी सीताका जन्मका बिषयमा भने बिभिन्न अन्य कथन अनि उक्तिहरु पाइन्छ । सीतालाई राजा जनकले खेत जोत्दा भेटेका र धर्तीकी छोरी सीता पूनः अग्निपरीक्षा पछि धर्तीमै समाहित भएकी भन्ने बिभिन्न कथाहरु अझै पनि घरघरका कथा बनेर बसेका छन् । सीताको जन्म अर्थात त्रेतायूग अघिनै लेखिएको रिग्वेदमा सीतालाई धर्तीकी देवी माता भनेर चित्रण गरिएको छ, धर्तीवाटै प्रकट भएकाले रिग्वेदमा उल्लेखित देवीको नामवाट सीताको नाम राखिएको हुनपर्दछ । 

रामको जन्म सीताको जन्मको ठ्याक्कै १ महिनापूर्व चैत्र महिनाको नवमीमा भएको हो तसर्थ रामनवमीको ठ्याक्कै एक महिनामा सीता जयन्ती पर्दछ । पुष्य नक्षत्रमा जन्मीएकी सीता सनातन दर्शनको एउटा महान नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । रामनामी च्यादर देखि मन्दिर सम्म, भजनका संवाद देखि चलचीत्रसम्म अझै पनिसीता रानीका त्याग, वलिदान अनि महानतालाई चित्रण गरिन्छ । अयोध्याका राजकुमार रामसंगको विवाह प्रसंग वडो रोचक छ सीताको, संगै जोडिन्छ धनुवाँडको गाथाँ पनि । सुखसयलमा हुर्केकी सीता पतीसंग वनवास अनि कठोर बसाँई हुँदै लंकामा रावणको अधिनमा समेत बस्नुपर्ने हुन्छ । सीताको जीवनमा एउटा उदहारणीय उतार चढाव पाइन्छ, उनका हरेक कुरा अनि निर्णयले मानवजातीलाई ज्ञान अनि सहनशीलता सिकाएको छ । 

लैगींक् भेदभावको उदहारणका रुपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका हैनन तथापी सीताको चित्रणमा कान्ती अनि शशक्तता दुबै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसंग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरु भएका या हुनसक्ने संभावना होला तर सीता केवल एक मात्र छिन् र हुनेछिन् ।
सीतालाई रामभन्दा पहिले नाम लिइन्छ तसर्थ रामसीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौं । पहिले सीता अनि राम । सनातन दर्शनमा लैगींक समानताका प्रशस्तै कडीहरु पाइन्छन्, सीता तिनै मध्य एउटा कडी हुन् । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभीत छ, झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरु प्रत्यक्ष देख्न पाइन्छ ।

अविचलीत सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरु घरघरमा अझै सुनिन्छन्, सुनाइन्छन् । सीता एउटा भक्ति हो, शक्ति हो अनि एउटा उदहारण हो नारीहरुको असिमीत धैर्यता, सहनशीलता र उदारताको । राम भित्र पनि सीता छिन् अनि रामायणमा सीता हरेक कण कणमा छिन्, राम भित्र स्वयम राम भन्दा सीताको अंश धेरै छ । धर्म र साधनाकी देवी सीताको ममताशयलमा विश्व सदैव रंगीरहनेछ ।


हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.